राजपा त्याग्दै नेता

राजपा त्याग्दै नेता

राजविराज :  स्थानीय तहको निर्वाचनमा भाग लिने सम्भावना कम हुँदै गएपछि राष्ट्रिय जनता पार्टी नेपालका प्रभावशाली नेता, कार्यकर्ताले पार्टी छाड्न थालेका छन् ।

आन्दोलनरत पार्टीको नेतृत्व पंक्तिमा निर्वाचनमा जाने विषयमा अन्यौलता देखिएपछि चुनावको तयारीमा रहेका सप्तरीका नेता, कार्यकर्ताले अन्य पार्टी प्रवेश गर्न थालेका हुन् । राजपा छाडेका अधिकांश नेताहरू उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् भने केही अन्य पार्टीमा प्रवेश गरेका छन् ।

सप्तरीको बिभिन्न स्थानबाट शनिबार मात्र राष्ट्रिय जनता पार्टी परित्याग गरी सयौंको संख्यामा फोरम नेपालमा प्रवेश गरेको उक्त पार्टीले जनाएको छ । छिन्नमस्तामा आयोजित कार्यक्रममा राजपा परित्याग गरी विन्देश्वर मण्डल, छेदी मण्डल, शिवजी मण्डललगायतका दर्जनौं नेता-कार्यकर्ता फोरम नेपालमा प्रवेश गरेको प्रचार विभाग प्रमुख बृजमान तामाङले जानकारी दिनुभयो । तामाङका अनुसार तिलाठी कोईलाडी र गोईठीमा समेत सयौं कार्यकर्ता फोरममा प्रवेश गरेका छन् ।

संविधान संशोधन र मधेसमा स्थानीय तहको संख्या वृद्धि नभएसम्म चुनावमा नजाने अडान राख्दै आएको राजपाबाट अन्य पार्टीमा प्रवेश गर्नेहरूले चुनावमा उम्मेदवार हुने आकांक्षा राखेका छन् । यसै क्रममा गत बुधबार राजविराज नगरपालिकाको मेयरका दावेदार भीमराज यादवसहित भरत साह, कृषनारायण यादवले फोरम प्रवेश गर्नुभयो । मेयर लड्नका लागि फोरम प्रवेश गरेका भीमराज राजपाका केन्द्रीय सदस्य हुनुहुथ्यो ।

पहिचान र संघीयता रक्षाका लागि चुनावमा भाग लिई जनमत जुटाउनु पर्नेमा जोड दिँदै आएका फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव बिहीबारसम्म सप्तरीमा पार्टी प्रवेश कार्यक्रममा व्यस्त रहुनु भयो । पार्टी प्रवेश कार्यक्रमलाई निरन्तरता दिएको जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रममा प्रवेश गर्नेमा राजपाका कार्यकर्ता बढी छन् ।

केही दिनअघि मात्र राजपाका सहमहामन्त्री बाराका समीम अन्सारी एमाले प्रवेश गर्नुभएको थियो । महोत्तरीका राजपाका केन्द्रीय सदस्य लक्ष्मी महतोले राप्रपामा प्रवेश गर्नुभयो भने अर्का केन्द्रीय सदस्य रामनारायण मेहता फोरम नेपालमा प्रवेश गर्नुभयो । राजपाका केन्द्रीय सदस्य हरी गोले लोकतान्त्रिक फोरम प्रवेश गर्नुभएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.