रियल मड्रिड बन्यो युरोपियन च्याम्पियन

रियल मड्रिड बन्यो युरोपियन च्याम्पियन

काठमाडौं : युरोपियन च्याम्पियन लिगको उपाधि रियल मड्रिडले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा रियलले इटालियन च्याम्पियन टोली युभेन्टस्लाई ४-१ गोल अन्तरले पराजित गरी उपाधि हात पर्न सफल भएको हो । गत सिजनको समेत विजेता रहेको रियलले यो समेत १२ औं पटक युरोपियन च्याम्पियन बन्न सफल भएको छ ।

Ronaldo smiles for the cameras as he prepares to lift his fourth Champions League trophy after playing another pivotal role

रियलको जितका लागि स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले २ गोल गरे भने कासमेइरो र मार्को एसेन्सिओले एक-एक गोल गरे । रोनाल्डोले खेलको खेलको २० औं र ६४ औं मिनेटमा गोल गरेका थिए भने कासमेइरोले ६१ औं मिनेटमा र एसेन्सिओले ९० औं मिनेटमा गोल गरेका थिए । युभेन्टस्का लागि मारियो मान्जुकीले खेलको २७ औं मिनेटमा गोल गरेका थिए । युभेन्टस यसअघि सन् १९९८ मा पनि फाइनलमा रियलसँग १-० ले पराजित भएको थियो ।

Ronaldo notched his first of the night as his first-time shot deflected in off Leonardo Bonucci to break the deadlock

फाइनलमा दुई गोल गरेका रोनाल्डो प्रतियोगितामा सर्वाधिक १२ गोल गर्ने खेलाडी समेत बनेका छन् । साथै यसै खेलबाट उनले क्लब र पोर्चुगलको राष्ट्रिय टोलीबाट गरेको गोलको संख्या ६०० पु¥याएका छन् ।

Ronaldo speaks to his very proud mother Dolores Aveiro with his girlfriend dressed in the same purple shirt worn in the final

रियल मड्रिड लगातार २ पटक उपाधि जित्ने पहिलो टोली बन्न सफल भएको छ । रियल केही दिन अघि मात्रै स्पेनिस ला लिगाको उपाधिसमेत हात पार्न सफल भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.