पेरिस सम्झौता भंग, चिन्ता नगरौं, खुसी बनौं : पुटिन

पेरिस सम्झौता भंग, चिन्ता नगरौं, खुसी बनौं : पुटिन

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पेरिस सम्झौताबाट अमेरिका बाहिरिएकोमा चिन्तित नहुन आग्रह गरेका छन् । आर्थिक फोरममा बोल्दै पुटिनले यस्तो धारणा अभिव्यक्त गरेका हुन् । पेरिस सम्झौता सन् २०२१ सम्म प्रभावमा आउने वाला नभएको बताउँदै पुटिनले यसबारे चिन्तित नभई खुसी हुन आग्रह गरेका छन् ।

संसारमा ग्लोबल वार्मिङ न्यूनीकरण गर्नका लागि योजना बनाउन प्रशस्त समय भएको उनको भनाइ छ । यसैले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गरेको निर्णयलाई ठूलो रूपमा नलिएको उनले बताए । पेरिस सम्झौतामा सहभागी हुने निर्णय अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको भएको पनि पुटिनले स्मरण गराए । उनले भने, 'सम्झौताका पक्षमा कडा नियम नबनाइँदासम्म यस्तो हुनु सामान्य हो ।'

भारतले भने पेरिस सम्झौताभन्दा एक कदम अघि बढेर जलवायु नियन्त्रण प्रयासका लागि काम गर्ने जनाएको छ । शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँलाई भेटेपछि जलवायु परिवर्तनका विषयमा सोधिएको प्रश्नमा आफू र आफ्नो मुलुक पेरिस सम्झौताप्रति प्रतिबद्ध रहेको बताउँदै भने, 'हामी पेरिस सम्झौताभन्दा माथि उठेर जलवायु परिवर्तन नियन्त्रण प्रयासमा काम गर्नेछौँ ।'

अमेरिकाले पेरिस सम्झौताबाट बाहिरिने भनी दिएको निर्णय आएको दुई दिनपछि भारतीय प्रधानमन्त्रीले सम्झौता 'विश्वको साझा सम्पत्ति' भएको बताउनुभएको हो । यसलाई कार्यान्वयन गर्न भारत सरकार एक कदम अगाडि बढेर कार्बन उत्सर्जन नियन्त्रण प्रयासका लागि काम गर्ने प्रधानमन्त्री मोदीले बताए ।

'जलवायु परिवर्तन नियन्त्रण प्रयास रोकिन हुँदैन'

जलवायु परिवर्तन नियन्त्रणका लागि गरिएका प्रयास अवरुद्ध नगरिनुपर्ने कार्य भएको र पेरिस सम्झौताअनुरूप सबै राष्ट्र यस विषयमा प्रतिबद्ध रहनुपर्ने संयुक्त राष्ट्रसंघका महासचिव एन्तोनियो गुतेरेसले बताएका छन् । राष्ट्रसंघका महासचिवको यो धारणा अमेरिकाले सम्झौताबाट बाहिरिने निर्णय लिएपछि आएको हो । 'जलवायु परिवर्तन नियन्त्रण प्रयासमा गरिएको पेरिस सम्झौता कसैले पनि अस्वीकार गर्न नसकिने विषय हो', गुतेरेसले सेन्ट पिटर्सवर्गमा भने । उनले जलवायु परिवर्तन वर्तमान विश्व र पृथ्वीको भविष्यका लागि सबैभन्दा ठूलो चुनौती भएको बताए ।

उनल जलवायु परिवर्तनबाट हुने प्रभाव न्यूनीकरण गर्न गरिएका प्रयास अवरुद्ध गर्न नसकिने कार्य भएकोमा जोड दिए । उनले भने, 'मैले विश्वका सबै राष्ट्रका सरकारलाई यो बाटोमा अडिग रहन आग्रह गर्छु ।' हामी सबैको फाइदाका लागि पेरिस सम्झौता कार्यान्वयन गर्न सबै प्रतिबद्ध रहनुपर्ने महासचिव गुतेरेसले बताए । महासचिव गुतेरेसले अमेरिकी राज्य, शहर व्यवसायिक समुदाय, नागरिक समाज सबै आ-आफ्नो ठाउँबाट हरित अर्थतन्त्रका लागि प्रयासरत रहनेमा आफू पूर्ण विश्वस्त रहेको बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै दोस्रो ठूलो कार्वन उत्सर्जन गर्ने राष्ट्र अमेरिकालाई सन् २०१५ मा फ्रान्सको राजधानीमा भएको पेरिस सम्झौताबाट बाहिरिने भनी दिएको निर्णयबाट विश्वका नेताहरू चिन्तित बनेको उनको कगन छ । त्यस अवसरमा जर्मन चान्सलर एन्जेला मर्केल, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ लगायतका विश्व नेताहरूले ट्रम्पको निर्णयलाई गलत भन्दै पृथ्वीको भविष्यका लागि पेरिस सम्झौतालाई कार्यान्वयनमा ल्याउने बताएका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.