लण्डनमा आतंकवादी आक्रमण, ६ को मृत्यु ३० घाइते

लण्डनमा आतंकवादी आक्रमण, ६ को मृत्यु ३० घाइते

एजेन्सी : संयुक्त अधिराज्यको राजधानी लण्डनमा अज्ञात समूहले गरेको आक्रमणमा परी ६ जनाको मृत्यु भएको छ भने ३० भन्दाबढी घाइते भएका छन् । शनिबार राति आक्रमणकारीले लण्डनको बरो मार्केटमा रहेका व्यक्तिहरुमाथि चक्कु प्रहार गर्नुकासाथै लण्डन ब्रीजमा हिडिरहेका यात्रुमाथि तीब्र गतिमा आइरहेको गाडी चढाइ आक्रमण गरेका हुन् । यी दुवै आक्रमणमा परी हालसम्म ६ जनाको मृत्यु भएको लण्डन प्रहरीले पुष्टि गरेको छ भने ३० भन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ ।

The bodies of two men, believed to be terrorists, lie in the road in Borough market after shots had been heard

आक्रमणको जानकारी पाए लगतै पुगेको प्रहरीले तत्कालै तीन आक्रमणकारीलाई मारेको र अन्य आक्रमणकारीको खोजी भइरहेको बताएको छ । प्रत्यक्षदर्शीहरुले बतानए अनुसार सुरुमा तीब्र गतिमा आएको गाडी लण्डन ब्रीजमा हिडिरहेका पैदल यात्रुमाथि चढाइयो ।तत्कालै सो गाडिलाई नजिकै रहेको बरो मार्केटमा लगेर रोकियो । त्यसपछि आक्रमणकारीहरुले गाडिबाट निस्किएर त्यहाँ रहेका सर्वसाधारणमाथि अन्धाधुन्ध चुक्कु प्रहार गरेका थिए ।

A man was seen clutching an injured woman's face as she was led away on a stretcher by medics 

बेलायती प्रधानमन्त्री टेरिजा मेले यो आक्रमण आतकंवादी आक्रमण भएको र तीब्र गतिमा छानबिन भइरहेको बताउनु भएको छ।  दुईसाता अघिमात्रै बेलायतको म्यान्चेस्टरमा एक कन्सर्ट कार्यक्रममा बम आक्रमण गरिएको थियो । जसमा २२ जनाले ज्यान गुमाएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.