प्रधानमन्त्री निर्वाचन प्रक्रिया प्रभावित

प्रधानमन्त्री निर्वाचन प्रक्रिया प्रभावित

काठमाडौं : व्यवस्थापिका संसदको ११ बजे का लागि बोलाइएको बैठक तीन बजेसम्म्का लागि स्थगित भएको छ । राजनीतिक दलहरुबीचमा सहमति खोज्नका लागि भन्दै सूचना टाँस गरी संसद बैठक स्थगित गरिएको हो ।सहमति खोज्नका लागि दुर्इ बजे समाभुखसहित शीर्ष नेताहरुको बैठक बस्न लागेको छ ।

संसदको बैठकबाट प्रधानमन्त्रीको निर्वाचन गर्ने कार्यक्रम संसद सचिवालयले बनाएको थियो । सचिवालयको सो कार्यक्रम पनि प्रभावित भएको छ । निर्वाचन आयोगले भरतपुर महानगरपालिकको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णय गरेपछि एमालेले संसद अवरोध गर्ने चेतावनी दिँदै आएको छ ।

एमालेले भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना गर्न सरकारलाई दवाव दिदै आएको छ । संसद अवरोध भएका कारण संसद सचिवालयले बनाएको प्रधानमन्त्री निर्वाचित गर्ने कार्यक्रमबारे एमालेले अनविज्ञता प्रकट गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.