प्रधानमन्त्री चुनाव आज : अलममा राप्रपा नेपाल

प्रधानमन्त्री चुनाव आज  : अलममा राप्रपा नेपाल

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीका उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गर्ने वा नगर्नेबारेमा अनिर्णित बनेको छ । व्यवस्थापिका–संसदमा आज हुने प्रधानमन्त्रीको निर्वाचनका लागि समर्थन गर्ने या नगर्नेबारे राप्रपाले स्पष्ट निर्णय गर्न नसकेको हो ।

पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति, पदाधिकारी तथा सांसदको बैठकले निर्णय गर्ने जिम्मेवारी संसदीय दललाई दिएको छ ।

राप्रपाका प्रवक्ता सुशील श्रेष्ठले नयाँ प्रधानमन्त्रीका पक्ष तथा विपक्षमा मतदान गर्नका लागि टुङ्गो लगाउन नसकेको जानकारी दिनुभयो । श्रेष्ठले आवश्यक निर्णय लिन संसदीय दललाई जिम्मेवारी दिइएको जानकारी दिनुभयो ।

बैठकमा अधिकांश सहभागीले नयाँ प्रधानमन्त्रीका पक्षमा मतदान गरी सरकारमा जान सुझाव दिएका थिए । तर अध्यक्ष कमलल थापाले त्यसलाई नकारेपछि निर्णय लिन नसकिएको बताइएको छ । संसदीय दलको बैठक आजै साँझ बस्ने छ । रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.