रेणुलाई भरतपुर महानगरपालिकाको मेयरमा जिताउन काँग्रेस र माओवादीले बनाए नयाँ रणनीति

रेणुलाई भरतपुर महानगरपालिकाको  मेयरमा जिताउन काँग्रेस र माओवादीले बनाए नयाँ रणनीति

काठमाडौ:भरतपुर महानगरपालिकाको मेयर पदमा रेणु दाहाललाई जिताउन काँग्रेस र माओवादी केन्द्रले नयाँ रणनीति बनाएका छन् । निर्वाचन आयोगले १९ नम्बर वडामा पुन मतगणना गर्ने निर्णय गरेपछि काँग्रेस र माओवादीले रेणुलाई जिताउने नयाँ रणनीति बनाएका हुन ।

काँग्रेस र माओवादी केन्द्रकाे चितवन जिल्ला समितिको आइतवार बसेको बैठकले १९ नम्बर वडामा पुन मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई स्वागत गर्ने,छिटो भन्दा छिटो मतदानको मिति तोक्न माग गर्ने, वडा नम्बर १९ मा माओवादी केन्द्रले काँग्रेसका उम्मेदवारको प्यानलको पक्षमा मतदान गर्ने र काँग्रेसले आफनो सम्पूर्ण मत मेयर पदकी साझा उम्मेदवार रेणु दाहालका पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।


माओवादी केन्द्रका तर्फबाट १९ नम्बर वडामा उम्मेदवार रहेका वडा अध्यक्षका उम्मेदवार खडग गुरुङ,महिला सदस्य विना गुरुङ,दलित महिला सदस्य शान्ति बिश्वकर्मा,सदस्यहरु राजेन्द्र वस्ताकोटी र दुर्गा लामाको उम्मेदवारी फिर्ता लिने निर्णय गरिएको अखिल(क्रान्ताकारी)का उपाध्यक्ष गोपालकृष्ण न्यौपानेले जानकारी दिनुभयो ।

माओवादी केन्द्र र काँग्रेसको गठबन्धनले मेयरमा रेणु दाहाल र उपमेयरमा पार्वती शाहलाई उम्मेदवार बनाएको थियो । 


सो वडाको मतगणना गर्दा ९० वटा मत च्यातिएको पाइएपछि निर्वाचन आयोगले शनिवार पुनमतदान गराउने निर्णय गरेको थियो । आयोगको निर्णयलाई एमालेले अस्वीकार गरेको छ ।

सो महानगरपालिकामा एमालेका उम्मेदवार देवी ज्ञवाली र माओवादी केन्द्र र काँग्रेस गठबन्धनकी साझा उम्मेदवार रेणु दाहाल वीच प्रतिस्पर्धात्मक मत प्राप्त भइरहेका थिए ।

आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५० को उपदफा १ को खण्ड ख बमोजिम मतगणनास्थलको अनाधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आएको हुँदा सोही दफाको उपदफा ४ बमोजिम कब्जाबाट असर परेको सो वडाको मतदान केन्द्रको सम्पूर्ण मतपत्र अवैध घोषणा गरी मतदान रद्द गरेको छ ।
आयोगले सोही ऐनको दफा ५० को उपदफा ५ बमोजिम मतदान केन्द्रको मतदान हुने स्थान, मिति र समय तोकी पुनःमतदान गर्ने व्यवस्था मिलाउन भरतपुर महानगरपालिका चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । भरतपुर महानगरमा २९ वटा वडा छन् । तीमध्ये वडा नं १९ को मतगणना हँुदै गर्दा मतपत्र च्यातिएको हो । यससहित वडा नं २० को मात्र मतगणना गर्न बाँकी छ ।

दुई वटा वडाको मतगणना गर्न बाँकी रहँदा नेकपा(एमाले)का तर्फबाट प्रमुख पदका उम्मेदवार ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार दाहालभन्दा ७८४ मतले अगाडि रहनुभएको छ । वडा नं १९ मा एक हजार ८०० मत गन्दा यो मतान्तर घटेर ७३३ मा झरेको थियो । सो वडामा काँग्रेसका अध्यक्ष र सदस्यले अग्रता कायम गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.