भरतपुरको मतगणना सुचारु गर्न माग गर्दै सर्वोच्चमा रिट

भरतपुरको मतगणना सुचारु गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं :  भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

नेकपा एमालेका तर्फबाट खुला सदस्य उम्मेदवार गुन्जमान विक र सोही स्थानका मतदातासमेत रहनुभएका अधिवक्ता तुलसीराम पाण्डेले रोकिएको मतगणनाको सुचारु गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको हो ।

भरतपुर महानगरपालिका वडा नम्बर १९ को पुन निर्वाचनका लागि निर्वाचन आयोगले निर्णय गरिसकेको छ । निर्वाचन आयोगको निर्णयले देशमा अशान्ति हुन सक्ने र अपराधिक मनोवृतिले प्रोत्साहन पाउने भन्दै तत्काल मतगणना सुचारु गर्न रिटमा आग्रह गरिएको छ।

मातगणना रोकिएका वडा नम्बर १९ र २० को पुनः मतगणना नगरे मतदाताको संरक्षणमा प्रश्न उठ्ने र मतदातामा थप असुरक्षाको मनोभावना बढ्ने भन्दै अपुरणीय क्षति हुने दावी निवेदनमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.