ओलीको पर्खाइमा देउवा र प्रचण्ड

ओलीको पर्खाइमा देउवा र प्रचण्ड

काठमाडौ : व्यवस्थापिका संसदको अवरोध हटाउन र प्रधानमन्त्री निर्वाचन प्रक्रिया अगाडि बढाउन सभामुख ओनसरी घर्तीले बोलाएको बैठक शुरु हुन सकेको छैन । सभामुख घर्तीले ११  बजेका लागि बानेश्वरस्थित संसद भवनमा बोलाएको बैठकमा कामचलाउ प्रधानमन्त्री पुष्पकमल दाहाल र वेटिङ प्रधानमन्त्री शेरबहादुर देउवा पुग्नु भएको छ । उहाँहरु एमाले अध्यक्ष केपी ओलीलाई पर्खिरहनु भएको छ । संसद सचिवालयका अनुसार ओली आइनपुगेका कारण बैठक शुरु हुन सकेको छैन ।

शिर्ष नेताहरुको बैठकमा सहमति जुटाएर ३ बजेसम्मका लागि बैठक सारिएको छ । बिहान ११ बजेको बैठकबाट नै देउवालाई प्रधानमन्त्री निर्वाचित गराउने प्रक्रिया अगाडि बढाउने कार्यक्रम सचिवालयले बनाएको थियो ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.