संसदको अवरोध हटाउन शिर्ष नेताहरुको बैठक संसद भवनमा

संसदको अवरोध हटाउन शिर्ष नेताहरुको बैठक संसद भवनमा

काठमाडौ : व्यवस्थापिका संसदको अवरोध हटाउन र प्रधानमन्त्री निर्वाचन प्रक्रिया अगाडि बढाउन सभामुख ओनसरी घर्तीले बोलाएको बैठक शुरु संसद भवन बानेश्वरमा शुरु भएको छ

सभामुख घर्तीले ११ बजेका लागि बोलाएको बैठक एमालेले अवरोध गर्ने चेतावनी दिएपछि सूचना टाँसेर ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो ।
शिर्ष नेताहरुको बैठकका आधारमा ३ बजे संसदको बैठकबाट प्रधानमन्त्री निर्वाचनको प्रक्रिया अगाडि बढने वा नबढने टुंगो लाग्नेछ ।
शिर्ष नेताहरुको बैठकका लागि कामचलाउ प्रधानमन्त्री पुष्पकमल दाहाल र वेटिङ प्रधानमन्त्री शेरबहादुर देउवा पहिले नै पुग्नु भएको थियो ।
एमाले अध्यक्ष केपी ओली भने बैठकमा ढिलो पुग्नु भएको थियो । एमाले नेताहरु पुगेपछि बैठक शुरु भएको हो । तीन वटै दलका शिर्ष नेताहरु बैठकमा सहभागी हुनुहुन्छ ।

बैठकमा काँग्रेस र माओवादीका नेताहरुले निर्वाचन आयोगको निर्णय अनुसार भरतपुर महानगरपालिकामा पुन मतदान गर्नु पर्ने पक्षमा आफना धारणा राखेका छन् भने एमालेका नेताहरुले भरतपुर महानगरपालिकामा तत्काल मतगणना थाल्नु तर्क राखेका छन् । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.