संसद बैठक पर्सीसम्म स्थगित : प्रधानमन्त्री चयन प्रक्रिया अन्योलमा

संसद बैठक पर्सीसम्म स्थगित : प्रधानमन्त्री चयन प्रक्रिया अन्योलमा

काठमाडौं : व्यवस्थापिका संसदको बैठक दिन दिनका लागि स्थगित भएको छ । व्यवस्थापिका संसदको सचिवालयले आइतबार दिउँसो ३ बजे सूचना टाँसेर मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो ।

राजनीतिक दलहरुबीच सहमति हुन नसकेपछि संसद् बैठक स्थगित भएको हो । यसअघि आइतबार नै ११ बजेका लागि बोलाइएको बैठक तीनबजेसम्म स्थगित भएको थियो ।

सहमति खोज्न सभामुख ओनसरी घर्तीमगरसहितका शीर्ष नेताको बैठक निष्कर्षबिहिन भएपछि संसद पर्सीसम्म स्थगित भएको हो ।

संसद् बैठक पटकपटक स्थगित भएपछि आइतबार हुने भनिएको प्रधानमन्त्री निर्वाचन अन्योलमा परेको छ । प्रमुख प्रतिपक्षी दल एमालेले लगातार संसद् अवरोध गरेपछि प्रधानमन्त्री चयन प्रक्रिया अन्योलनमा परेको हो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.