सत्य निरुपण आयोगको क्षेत्राधिकार विस्तार
तुलसीपुर : द्वन्द्वका कालिन मुद्धाहरुलाई छानविन गर्ने उदेश्यले स्थापना भएको सत्य निरुपण तथा मेलमिलाप आयोगले आफनो कार्यक्षेत्रलाई विस्तार गरेको छ । २०७१ सालमा स्थापना गरिएको आयोगको एक वर्से म्याद सरकारले थपेसंगै आफनो कार्यक्षेत्र विस्तार गर्दै विभिन्न प्रदेशहरुमा आयोगको मुकाम कार्यालय स्थापना गरी मुकाम सदस्यहरु नियुक्त गर्न थालेको छ ।
नेपालमा सञ्चालन भएको १० बर्षे शसस्त्र द्वन्द्वको व्यवस्थापन र रुपान्तरण गर्ने उदेश्यले स्थापना गरिएको आयोगले कामलाई छिटो छरितोे र प्रभावकारी बनाउन सात बटै प्रदेशमा मुकाम कार्यालय स्थापना गर्न लागिएको आयोगका सदस्य श्रीकृष्ण सुबेदीले जानकारी दिनुभयो ।
जस अन्तरगत आइतवार पाँच नं प्रदेशको आयोगको मुकाम कार्यालय दाङको तुलसीपुरमा स्थापना गरिएको छ । भने ६ नं प्रदेशको मुकाम कार्यालय सुर्खेतको विरेन्द्रनगरमा र एक नं प्रदेशको मुकाम कार्यालय विराटनगरमा स्थापना गरिएको छ । सदस्य सुवेदीले आयोगको कामलाई क्षेत्रीयकरण गर्न र छिटो सम्पन्न गर्न प्रदेश कार्यालयहरु स्थापना गरिएको बताउनु भयो ।
आइतवार एक समारोहका बिच प्रदेश नम्बर ५ को सत्य निरुपण तथा मेलमिलाप आयोग मुकाम कार्यालय दाङको तुलसीपुरमा स्थापना गरेको छ । राज्य र तत्कालिन माओवादी पक्षबाट पीडितहरुको उजूरीको सुनुवाई तथा अनुसन्धान तथा न्यायिक व्यवस्थापन गर्ने उदेश्यले मुकाम कार्यालय तुलसीपुरमा स्थापना गरिएको आयोगले जनाएको छ ।
प्रदेश नं ५ को उच्च अदालत र उच्च सरकारी वकिलको कार्यालयमा रहेको तुलसीपु्रमा उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता सुरेन्द्रजंग शाहीको संयोजकत्वमा रहने गरी आयोजको मुकाम कार्यालय स्थापना गरिएको हो । आयोगको मुकाम कार्यालयका लागि तीन सदस्यीय समिति समेत गठन गरिएको छ ।
जसको सदस्यमा सिता आचार्य र नारायण प्रसाद धिताल रहनु भएको छ । आयोगका सदस्य श्रीकृष्ण सुवेदीले आइतवार आयोगको मुकाम कार्यालयको उद्घाटन गर्दे मुकामका संयोजक शाहीलाई प्रदेश नं ५ बाट आयोगमा परेका उजूरीहरु मध्ये एक हजार ५ उजुरीको निवेदन फाइल हस्तान्तरण गर्नु भएको छ । प्रदेश नम्बर नं ५ बाट आयोगमा द्वन्द्व प्रभावितहरुबाट १५ हजार वढि उजुरी परेका छ ।
सशस्त्र द्वन्द्वको समयमा पीडित भएका यस क्षेत्रका नागरिकहरुले आयोगमा गरेको उजूरी अब मुकाम कार्यालयबाटै अनुसन्धान प्रक्रिया शुरु हुने आयोगका सदस्य सुवेदीले जानकारी दिनुभयो । जसका लागि आइतवार देखिनै आयोगको मुकाम कार्यालयले काम सुरु गरेको संयोजक शाहीले बताउनु भयो । उहाँले सत्य तथ्यमा रहेर निवेदनमा सुनुवाई गरिने बताउनु भयो । सत्य तथ्य छानविन गरी जघन्य अपराध गर्नेलाई कानुनी कारवाही र मेलमिलाप हुन सक्नेलाई मेलमिलाप गराई पुनर्मिलन तथा पुनर्भरण गराइने सदस्य सुवेदीले बताउनु भयो । कार्यक्रममा सहभागि पीडितहरुले आफुहरुले आयोग संग न्यायको अपेक्षा गरेको भन्दै न्याय पाउने आशा व्यक्त गरेका थिए ।
पीडित सहदेव चौधरीले आयोगबाट न्याय र मेलमिलापको अनुभुति हुने अपेक्षा पीडितहरुबाट भएको भन्दै न्याय दिन माग गर्नु भयो । उहाँले सत्य तथ्य पहिचान गरी दोषीलाई कारवाही हुनु पर्ने बताउनु भयो । अन्य सरोकारवालाहरुले आयोगले छिटो छरितो र विर्सिसकेको घाउलाई नकोट्याउने गरी काम थाल्नु पर्ने वताएका थिए ।