शिक्षा नियमावली ‘अपूरो'

शिक्षा नियमावली ‘अपूरो'

काठमाडौं :  संघीय संरचनाअनुसार स्थानीय तहलाई हस्तान्तरण गरिएका शिक्षाका जिम्मेवारी र व्यवस्थापन पक्ष अमूर्त हुँदा शिक्षा नियमावली तत्काल कार्यान्वयनमा आउन सक्ने देखिँदैन । शिक्षा क्षेत्रका विज्ञ तथा अधिकारीहरूले विधेयक समितिले पारित गरेको यो नियमावलीलाई ‘अपूरो' भनी टिप्पणी गरेका छन् ।

ऐन पारित भएको करिब एक वर्षपछि मन्त्रिपरिषद्अन्तर्गत विधेयक समितिले अघिल्लो साता शिक्षा निमायवली पारित गरेको थियो । विधेयक समितिले पारित गरेको नियमावली संघीय संरचनाअनुसारको व्यवस्थालाई कसरी परिभाषित गर्ने भन्ने विषयमा छलफल गर्न कानुन मन्त्रालयका सचिव राजीव गौतमको संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको छ ।

समितिमा अर्थ, शिक्षा, स्थानीय विकास मन्त्रालयका प्रतिनिधि सदस्य रहेको शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले जानकारी दिनुभयो । प्राविधिक समितिको प्रतिवेदन समावेश भएपछि मात्र नियमावलीले पूर्णता पाउने शिक्षा मन्त्रालयका अधिकारी बताउँछन् । शिक्षा सचिव श्रेष्ठले भन्नुभयो, ‘प्राविधिक समितिको सुझाव समावेश गरेपछि मात्र यसले पूर्णता पाउँछ ।'

मुलुक संघीय संरचनामा गएसँगै माध्यमिक तहसम्मको अधिकांश जिम्मेवारी स्थानीय तहमा गएको छ । हालसम्म जिल्ला शिक्षा कार्यालयले सम्पादन गर्दै आएको कक्षा १० सम्मका शिक्षकको तलब स्थानीय तहमार्फत वितरण गरिने व्यवस्था मिलाइएको छ । माध्यमिक तहसम्मका विद्यार्थीका लागि उपलब्ध गराइने निःशुल्क पाठ्यपुस्तक खरिदबापत लाग्ने रकम, बालविकास सहयोगी कार्यकर्ताको पारि श्रमिक तथा सञ्चालन खर्च स्थानीय तहले नै वितरण गर्ने गरी पठाइएको छ ।

माध्यमिक तहसम्मका विद्यालय सञ्चालन तथा व्यवस्थापन अनुदान बापतको रकम, शिक्षण सिकाइ क्रियाकलापबापत लाग्ने रकम पनि स्थानीय तहमै पठाइएको छ । छात्र छात्रवृत्ति तथा दलित छात्रवृत्ति र कर्णाली क्षेत्रका विद्यार्थी छात्रवृत्ति बापतको रकम र किताबी कुना तथा निरन्तर विद्यार्थी सिकाइ कार्यक्रममा लाग्ने रकम केन्द्रमार्फत सिधै स्थानीय तहमा हस्तान्तरण गरिएको छ । यी कार्यक्रमका लागि साठी अर्बभन्दा बढी रकम छुट्ट्याइएको छ ।

यो काम हालसम्म जिल्ला शिक्षा कार्यालयले गर्दै आएको थियो । स्थानीय तहको भूमिका बढेसँगै जिल्ला शिक्षा कार्यालयहरू करिब-करिब भूमिकाविहीन अवस्थामा पुग्नेछन् । जिल्ला शिक्षाले गर्ने काम स्थानीय तहमा गएसँगै स्थानीय तहमा रहने शिक्षाका कर्मचारीलाई कसरी सम्बोधन गरिन्छ यो पनि स्पष्ट छैन । शिक्षामन्त्री धनीराम पौडेलका निजी सहायक जागृत रायमाझीले भन्नुभयो, ‘ यो सबै काम प्राविधिक समितिको प्रतिवेदनले टुंग्याउँछ । तर, नियमावली पारित गर्ने निर्णय भइसकेको छ । यसमा शंका लिनुपर्दैन ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.