महिला भलिबललाई क्वायरटुफको प्रायोजन

महिला भलिबललाई क्वायरटुफको प्रायोजन

काठमाडौं : शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा मंगलबारबाट सुरु हुने केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताका लागि क्वायरटुफ म्याट्रेसले एक लाख ५० हजार रुपैयाँको प्रथम पुरस्कार प्रायोजन गरेको छ । शान्तिनगरस्थित स्ट्याटस ट्रेडिङको कार्यालयमा कार्यकारी निर्देशक सुरेन्द्र सारडाले प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्कालाई एक लाख ५० हजारको चेक हस्तान्तरण गरे ।

कराँतेका पूर्वखेलाडीसमेत रहेका सारडाले राष्ट्रको पहिचान र एकताका प्रतीकका रूपमा रहेको खेल क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी लागेको बताऐ । दोस्रो राष्ट्रिय खेलकुदमा सगरमाथा अञ्चलबाट व्यवस्थापकको भूमिका निर्वाह गरेका सारडाले खेल क्षेत्रका बारेमा सदैव चिन्तित रहँदै आएको जनाउँदै राष्ट्रिय खेल भलिबलसँग जोडिन पाउँदा गौरवान्वित भएको बताए ।

सारडाकै अर्को कम्पनी जेम फ्लोरिङले प्रतियोगिताको सर्वोकृष्ट खेलाडीको नगद पुरस्कार १५ हजार तथा अन्य आठ विधागत पुरस्कारको समेत प्रायोजन गर्ने भएको छ ।जेठ २६ गतेसम्म सञ्चालन हुने चारदिने प्रतियोगितामा बेस्ट स्पाइकर, बेस्ट क्विकर, बेस्ट सेटर, बेस्ट ब्लकर, बेस्ट डिफेन्स, बेस्ट सर्भर र बेस्ट कोचले जनही तीन हजार हजार रुपैयाँसहित आकर्षक ट्रफी प्राप्त गर्नेछन् ।

प्रतियोगिताको मुख्य प्रायोजन केएनपी जापानले गरेको छ । यस्तै सह-प्रायोजकमा शिवम् सिमेन्ट रहेको छ भने प्रतियोगिताको विशेष सहयोगीका रूपमा राष्ट्रिय खेलकुद परिषद्, नेपाल भलिबल संघ, आईएमई रेमिट, डल्फिन चियर, एयर एसिया, मेरिडिन पोलिक्लिनिक रहेका छन् ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् भने उपविजेताले एक लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.