उत्तर कोरियाको मिसाइलबाट बच्न जापानमा यस्तो तयारी
एजेन्सी : जापानीहरुले उत्तरकोरियाले मिसाइल आक्रमण गरेको खण्डमा कसरी बच्ने भनी अभ्यास गरेका छन् । जापानको समुँद्री तटमा रहेको सानो सहर अबुमा यस्तो अभ्यास गरिएको हो । स्कूले विद्यार्थी र अन्य गरी २८० जना अभ्यास कार्यक्रममा सहभागी थिए । अमेरिका र उत्तर कोरियाको बढ्दो तिक्तताका कारण उत्तर कोरियाले अमेरिकी नीतिको पक्षमा उभिएको जापानमाथि समते आक्रमण गर्नसक्ने भन्दै त्यसबाट कसरी बच्ने भन्ने तयारीको अभ्यास गरिएको हो।
जापानका नौसेना र वायु सेनाले अमेरिकी युद्धपोतकासाथ तीन दिने संयुक्त युद्ध अभ्यास गरिरहेको छन् । उत्तर कोरियाले मिसाइल प्रहार गरेका खण्डमा जापान पुग्न १० मिनेट लाग्ने बताइएको छ । जापानी अधिकारीहरुले मिसाइल जापानमा आइपुग्नु १० मिनेट अगावै जानकरी दिइने बताएका छन् । आक्रमण भएको खण्डमा सबैले आफूलाई आफैले बचाउँनु पर्ने सुझाव दिएका छन् ।
अभ्यासमा सहभागीहरुलाई सम्भावित आक्रमणका संकेतहरु मार्फत सतर्क गराइएको थियो । त्यसका लागि लाउडस्पीकर र साइरनको प्रयोग गरिएको थियो । वास्तविक आक्रमण भएको खण्डमा आपतकालीन सञ्चारको प्रयोगको परीक्षण गर्नु अभ्यासको मूल उद्देश्य रहेको थियो । अभ्यासमा सहभागीहरुलाई मिसाइल् झरेका कल्पना गराइ त्यसै अनुसारको माहौल तयार गरी अभ्यास गरिएको थियो ।