यी हुन् रुपन्देहीका नगर प्रमुख पदका उम्मेदवार
बुटवल : तीन प्रमुख दलले रुपन्देहीका अधिकांश तहमा उम्मेदवार टुंगो लगाएका छन् । बुटवल उपमहानगरसहित ५ नगर र १० गाउपालिकामा तीन दलले उम्मेदवार टुंगो लगाएका छन् । नेपाली कांग्रेसले एक उपमहानगरसहित पाँच नगरमा आज मात्रै उम्मेदवार टुंगो लगाएको छ । कांग्रेसबाट बुटवल उपमहानगरपालिकाको प्रमुखमा खेलराज पाण्डे, तिलोत्तमामा रामकृष्ण खाण, सैनामैनामा फणिन्द्र शर्मा, देवदहमा हिरा केसी, लुम्बिनी सांस्कृतिक नगरपालिकामा मोहम्मद सहिद खा र सिद्धार्थनगरमा मात्रिका प्रसाद यादवलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै नेकपा एमालेले बुटवलको प्रमुखमा शिवराज सुवेदी, सिद्धार्थनगरमा हरि अधिकारी, लुम्बिनी सांस्कृतिकमा एन्साफ मुसलवान, देवदहमा टिकाराम चापागाई, सैनामैनामा चित्रबहादुर कार्की र तिलोत्तमा नगरपालिकामा बासुदेव घिमिरेलाई उम्मेदवार बनाएको छ ।
माओबादी केन्द्रले बुटवलको उम्मेदवार टुंगो लगाउन सकेको छैन । सिद्धार्थनगर नगरपालिकामा फैज अहमद खान, देवदहमा नवराज पुरी, तिलोत्तमामा लक्ष्मण खनाल, सैनामैनामा चेतनारायण न्यौपाने, लुम्बिनी सांस्कृतिक नगरपालिकामा हरिवहादुर यादवलाई उम्मेदवार तोकेको छ ।
रुपन्देहीमा हालसम्म कुनै ठूला दल बीच तालमेल भएको छैन । तिलोत्तमा नगरपालिकामा भने कांग्रेसले जनमुक्ति पार्टीसंग तालमेल गरेको छ ।