डोटीमा दोस्रो चरणको निर्वाचन बिथोल्ने विप्लव माओवादीको योजना
डोटी: स्थानीय निर्वाचन असफल पार्न नेत्रविक्रम चन्द 'विप्लव'नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बिभिन्न गतिविधिहरु गर्ने भएको छ ।असार १४ गते हुने निर्वाचनअसफलपार्न गाउँ-गाउँमा जनसरकार गठन गर्न लागिएको नेपाल कम्युनिष्ट पार्टी डोटीले जानकारी दिएको छ।
निर्वाचन बिफल पार्न सक्रिय रुपमा लाग्ने बताएको छ।जनसरकार गठनका लागि ग्रामीण क्षेत्रमा ठूलो संख्यामा पार्टीका कार्यकर्ता परिचालन भएका छन् । जिल्लाको दक्षिण भेगमा पर्ने साविककाजोरायल, गड्सेरा, मन्नाकापडी, बर्छैन तथालानाकेदारेश्वरगाविसहरुमाजनसरकार गठन भइसकेको जनाइएको छ।
जोरायलमा योगेन्द्र बोहरा, गड्सेरामा दिपक बोगटी, तेजबहादुर बोहरा, मन्नाकापडीमा तारासिंह मन्नी, बर्छैनमा प्रेमबहादुर विष्ट तथा लानाकेदारेश्वरमा गोरख बोगटीलाई जनसरकार प्रमुख तोकेको पार्टी श्रोतले जानकारी दिएको छ।
बिस्तारै जिल्लाकाअन्य क्षेत्रहरुमा समेत गतिविधि संचाल नगरिने बताइएको छ।स्थानीयकाअनुसार उनिहरुले ग्रामीण भेगहरुमाबिभिन्नकिसिमकागतिबिधीहरु संचालनगरिरहेका छन्।
निर्वाचनलाई हुन नदिने उद्देश्यका साथ गाउँहरुमा निर्वाचन विरोधी गतिविधीहरु संचालन भईरहको छ। स्थानीयहरुलाई समेत डर त्रासमा राखिएको स्थानीयको गुनासो पाइन्छ। नेपाल कम्युनिष्ट पार्टी डोटीका ईन्चार्ज विवेक कुमालले सरकारले तोकेको दोस्रो चरणको निर्वाचनकुनै पनि हालमा सम्पन्न हुन नदिने दाबी गरेका छन्। ‘हामी पार्टीको नीतिनिर्देशनमा परिचालनभएका छौँ।'
ईन्चार्ज कुमालले भने, 'जनहितविपरीत गरिन लागेको स्थानीयतहको निर्वाचनलाई परास्तगर्न हामीले विभिन्न योजना अगाडि बढाएका छौं ।,निर्वाचनकुनै पनिहालतमा सफलहुनदिन्नौँ।'