प्रधानमन्त्री प्रचण्डसहित नौजनालाई 'शताब्दी पदक'

प्रधानमन्त्री प्रचण्डसहित नौजनालाई 'शताब्दी पदक'

काठमाडौँ: त्रिमूर्ति निकेतनले डा सत्यमोहन जोशीलाई नेपाल सरकारबाट ‘वाङ्मय शताब्दी पुरुष’को उपाधि प्रदान गरेकामा नेपाल सरकारप्रति कृतज्ञता ज्ञापन गरेको छ।

निकेतनले नेपाली वाङ्मयका शिखर व्यक्तित्व वाङ्मय शताब्दी पुरुष डा सत्यमोहन जोशीको जीवनभरिको योगदानलाई मूल्याङ्कन गरी उहाँको गरिमामय उचाइ अभिवृद्धिका लागि अति महत्वपूर्ण योगदान पुर्‍याउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘सत्यमोहन जोशी शताब्दी पदक’ समर्पण गर्ने निर्णय गरेको छ।

पूर्व उपप्रधानमन्त्री कमल थापा, पूर्व मन्त्रीद्वय दिलनाथ गिरी तथा दीनानाथ शर्मालाई पनि सो पदक समर्पण गर्ने त्रिमूर्ति निकेतनले निर्णय गरेको छ।

त्रिमूर्ति निकेतनले नेपाल सरकारका मुख्यसचिव डा सोमलाल सुवेदी, नेपाल सरकारका तत्कालीन निमित्त सचिव बुद्धिसागर लामिछाने, प्रा डा प्रेम खत्री, डोलिन्द्रप्रसाद शर्मा र श्रीमती जयन्ती प्रधानलाई पनि ‘सत्यमोहन जोशी शताब्दी पदक’ समर्पण गर्ने निर्णय गरेको छ।

तेह्रौँ त्रिमूर्ति दिवसका अवसरमा आगामी भदौ ३ गते वाङ्मय शताब्दी पुरुष डा सत्यमोहन जोशीबाट ‘सत्यमोहन जोशी शताब्दी पदक’ समर्पण गरिने कार्यक्रम रहेको छ।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसार्इंको अध्यक्षतामा आज बसेको निकेतनको बैठकले सो निर्णय गरेको हो। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.