पूर्व राजाको योगदानको सम्झना गर्दै प्रधानमन्त्री प्रचण्ड सिंहदरवारबाट विदा

पूर्व राजाको योगदानको सम्झना गर्दै प्रधानमन्त्री प्रचण्ड सिंहदरवारबाट विदा

काठमाडौ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पूर्व राजाहरुको सम्झना गर्दै सिंहदरवारबाट विदा भएका छन् । राज्यको पुनरसंरचनाका सन्दर्भमा पूर्व राजाका योगदान सम्झना गर्दै प्रधानमन्त्री प्रचण्डले २१ औ शताब्दीमा ती योगदान पर्याप्त नभएको बताउनुभयो ।
आफनो कार्यकालमा नेपालको पुनरसंरचना सात सय ४४ स्थानीय तहमा बदलिएको तर्फ संकेत गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाह,नेपाललाई १४ अञ्चल ७५ जिल्ला र पाँच विकास क्षेत्रमा पुनरसंरचना गर्ने महेन्द्रवीर विक्रम शाह र विरेन्द्र वीर विक्रम शाहको नाम नलिइकन सम्झनु भएको हो ।
‘रुपान्तरणमा टेकेर देशको एकता गर्ने हो । हिजो एउटा बिशिष्टतामा रुपान्तरण भएर आएको हो । राजा,महाराजाहरुले गरेकै हुन । गर्दै गरेका होइनन भन्ने छैन’प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ‘उनीहरुले एउटा बिशिष्टतामा गरे । अहिले २१ औ शताब्दीमा त्यो आधारले चल्दैन । नयाँ बिशिष्टतामा नयाँ एकता आवश्यक छ ।’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा कार्यरत मुख्यसचिव,सचिव लगायत सबै कर्मचारीहरुद्धारा सोमबार सिंहदरवारमा आयोजित विदाई कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र र स्थानीय तहमा रुपान्तरण गरिएको बताउँदै भन्नुभयो ‘जाती,भाषा,समुदाय र भुगोलाई एकताबद्ध राखेर तीब्र आर्थिक विकासतिर जाने हाम्रो मिसन हो । यो मिसनलाई तपाईहरुले कसरी बुझनुहुन्छ भन्ने धेरै महत्वपूर्ण छ ।’
०६५ मा प्रधानमन्त्री हुँदा झिलिमिलीमै वितेको र अहिले १० महिनाको अवधिमा राजनीतिक,आर्थिक लक्ष्य निर्धारण गरेर आफूले काम गरेको पनि उहाँले बताउनुभयो ।
‘मैले मोदीसँग कुरा मात्रै धेरै भयो,काम हुनु परयो भनेर कुरा गरेको थिए’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दिल्लीमा भएको भेटको सन्दर्भ कोटयाउँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ‘ हुलाकी मार्ग लगायतका परियोजनामा अहिले गति आएको छ ।’ आफू अप्ठयारो,पेचिलो र जटिल अवस्थामा प्रधानमन्त्री भएको पनि उहाँले बताउनुभयो । संविधानको स्वीकार्यता बढाउन,मधेश,पहाड र हिमाललाई एकताबद्ध गर्न आफू सफल भएको पनि उहाँले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.