पुनर्निर्माणका लागि जनशक्ति व्यवस्थापनमा सघाउन युएनडीपी तयार

पुनर्निर्माणका लागि जनशक्ति व्यवस्थापनमा सघाउन युएनडीपी तयार

काठमाडौँ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) बीच पुनर्निर्माणका लागि प्राधिकरणमा आवश्यक पर्ने जनशक्ति उत्पादनबारे समझदारी भएको छ ।
प्राधिकरणका सचिव सर्वजीत प्रसाद महतो र युएनडीपीका नेपाल निर्देशक रेनड मेयरले उक्त समझदारीमा हस्ताक्षर गर्नुभएको हो ।
यो कार्यक्रम जेठ २० (२०१७ जुन २) बाट लागू भएको छ र २०७६ पुस १६ (२०१९ डिसेम्बर ३१) सम्म चल्नेछ । यस कार्यक्रमका लागि करिब ६० लाख अमेरिकी डलर आवश्यक पर्ने आंकलन गरिएको छ ।

सुरक्षित पुनर्निर्माणका लागि प्राधिकरणको क्षमता अभिबृद्धि परियोजनाअन्र्तगत चल्ने यो कार्यक्रममा यस वर्ष युनडीपीले पाँच लाख अमेरिकी डलर सहयोग गर्नेछ ।

यो समझदारी अनुसार प्राधिकरणले नेतृत्व गर्दै आएको पुनर्निर्माणलाई तीव्रता दिन मानव जनशक्ति व्यवस्थापन संयन्त्र स्थापना हुनेछ जसले आवश्यक विज्ञ तथा अन्य जनशक्ति पहिचान तथा नियुक्त गर्न प्राधिकरणलाई सहयोग गर्नेछ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले पुनर्निर्माणमा जनशक्तिको अभाव मुख्य चुनौती बनिरहेका बेला युएनडिपीको उक्त सहयोगले पुनर्निर्माणको गतिलाई तिव्रता दिन सहयोग पुग्ने बताउनुभयो ।

उहाँले विभिन्न बिकास साझेदार संस्थाहरुसँग समन्वय र सहकार्य गरेर पुनर्निर्माणलाई अझै प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
यो कार्यक्रमको प्रभावकारिताबारे प्राधिकरणका सहप्रवक्ता डा. भीष्मकुमार भुषालले भन्नुभयो,‘जनशक्ति नियमित प्रक्रियाबाट प्राप्त हुन नसकेको अवस्थामा आवास पुनर्निर्माणमा आवश्यक समन्वय र सहजीकरण गर्नुका साथै प्राधिकरणको केन्द्रीय कार्यालयमा सूचना व्यवस्थापन गर्न सहज हुनेछ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.