दोस्रो चरणको निर्वाचन बिथोल्न राजपाद्वारा समिति गठन

दोस्रो चरणको निर्वाचन बिथोल्न राजपाद्वारा समिति गठन

राजविराज: दोस्रो चरणको स्थानीय निर्वाचन बिथोल्न राष्ट्रिय जनता पार्टी (राजपा)ले सप्तरीमा पत्रकारसहितको जनआन्दोलन परिचालन समिति गठन गरेको छ।

राजविराज नगरपालिकासहित सप्तरीका विभिन्न नगरपालिका तथा गाउँपालिकामा स्थानीय तह निर्वाचन बहिष्कारका लागि राजपा नेता मृगेन्द्रकुमार सिंह यादव तथा सहमहामन्त्री जयप्रकाश ठाकुरसहितको उपसमितिमा छ सदस्यीय संयोजक मण्डलसहित एक सय ५१ सदस्यीय जनआन्दोलन परिचालन समिति गठन गरिएको छ।

गठित संयोजक मण्डलीय संयोजकमा साधना झा, ललन मि श्रा, लक्ष्मण यादव, दीपेन्द्र चौधरी, अमरकान्त झा, शैशव राजु हुनुहुन्छ भने सहसंयोजकमा वसन्त साहलाई चयन गरिएको छ । राजविराज नगरपालिकाअन्तर्गत १५ वडाका सदस्यमा नेपाल पत्रकार महासंघ सप्तरीका कोषाध्यक्ष शुभचन्द्र झा, सहसचिव चन्दनकुमार यादवसहित नेत्रविक्रम साह, मनोज यादव, विपीन कर्ण, वैद्यनाथ दास, शिवनन्दन साह, वीरेन्द्र यादव, सत्येन्द्र देव, सूर्यनारायण यादव, पशुपति दास, दिनेश साह, विनोद चौधरी र कृष्णानन्द झा रहेको सदस्य फणिकान्त झाले बताउनुभयो।

यसैगरी बोदेबर्साइन नगरपालिका, शम्भुनाथ नगरपालिका, सुरुंगा नगरपालिका, डाक्नेश्वरी नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, छिन्नमस्ता गाउँपालिका, तिलाठी कोइलाठी गाउँपालिकालगायत ठाउँमा जनआन्दोलन परिचालन कमिटी गठन गरिएको राजपा केन्द्रीय सचिव नेत्रविक्रम साहले जानकारी दिनुभयो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.