गोर्खाजको शाखा विस्तार
काठमाडौं : गोर्खाज फाइनान्सले दाङको बिजौरीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सोमबार बिजौरी उधोग वाणिज्य संघका अध्यक्ष मुकेश ओली तथा गोर्खाज फाइनान्सका सञ्चालक समितिका सदस्य प्रेमबहादुर खापुङले संयुक्त रूपमा उक्त शाखाको उद्घाटन गर्नुभएको थियो ।
गोर्खाज फाइनान्सको केन्द्रीय कार्यालय काठमाडैां को चारखाल डिल्लीबजारमा रहेको छ । गोर्खाज फाइनान्सले देशका विभिन्न भागमा १३ वटा शाखा सञ्जाल, चारवटा एटीएममार्फत मोबाइल बैंकिङ, ई–पेमेन्टलगायतका आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ । हाल फाइनान्सको चुक्ता पुँजी ५७ करोड ८६ लाख रुपैयाँ रहेकोमा ५० प्रतिशत हकप्रद सेयर जारी गरी चुक्ता पुँजी ८६ करोड ७९ लाख रुपैयाँ पु¥याउने काम भइरहेको छ ।