आज नेपाल र भारत भिड्दै

 आज  नेपाल र भारत भिड्दै

काठमाडौं : नेपाल र भारतको राष्ट्रिय फुटबल टोलीबीच मंगलबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदैछ । मैत्रीपूर्ण खेल मुम्बईको अन्धेरी स्पोटर्स स्टेडियममा साँझ खेलिनेछ । नेपालले भारतको अनुरोधमा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । भारत अहिले एसिया कपको तयारीमा छ । नेपाली टोली पनि सन् २०१९ मा आयोजना हुने एसियाली फुटबल महासंघ (एएफसी) एसिया कप छनोट प्रतियोगिताको तयारीमा रहेको छ ।

त्यसैले मैत्रीपूर्ण खेललाई दुवै टोलीले आफ्नो कमजोरी पत्ता लगाउने अवसरका रूपमा लिएका छन् । नेपाल र भारत डेढ वर्षपछि आमनेसामने हुन लागेका हुन् । नेपालले पछिल्लो पटक सन् २०१५ को डिसेम्बरमा भाएको दक्षिण एसियाली खेलकुद (साग) मा भारतसँग प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपालले भारतलाई ४-१ गोलले हराउँदै स्वर्ण पदक जितेको थियो । त्यसअघिका भिडन्तमा भने नेपालको नतिजा कमजोर छ । फिफा वरीयतामा समेत भारत एक सयौं स्थानमा छ भने नेपाल एक सय ६९औं स्थानमा छ ।

सन् २०१५ मै एसिया कप र विश्वकप छनोटका लागि खेलिएको दुई खेलमा नेपाल समग्रमा २-० गोलले पराजित भएको थियो । घरेलु मैदानमा खेलिएको दोस्रो खेलमा भने नेपालले भारतलाई गोलरहित बराबरीका रोकेको थियो । नेपाल र भारतबीच सन् १९८५ देखि अन्तर्राष्ट्रिय खेल सुरु भएको हो । हालसम्म दुई टोलीबीच १८ वटा भिडन्त भएका छन् । उक्त भिडन्तमा भारतले १२ जित र नेपालले दुई जित हात पारेका छन् । चार खेल बराबरीमा सकिएका छन् ।

एक महिना तयारी गरेर भारत गएको नेपाली टोलीका प्रशिक्षक ग्योतुकी कोजीले राम्रो खेल पस्कने दाबी गरेका छन् । भारतसँगको भिडन्तलाई नेपालले जेठ ३० गते यमनसँग खेल्न लागेको एसिया कप छनोट प्रतियोगिताको तयारी खेलको रूपमा सदुपयोग गर्ने लक्ष्य राखेको छ । नेपालले यमनसँग हल्चोकस्थित एपीएफ क्लबको मैदानमा प्रतिस्पर्धा गर्नेछ ।

एसिया कप छनोट खेलमा नेपाल समूह 'एफ' मा छ । उक्त समूहमा नेपालसहित फिलिपिन्स, यमन र ताजकिस्तान रहेका छन् । नेपालले समूहगत चरणको पहिलो खेल फिलिपिन्ससँग उसैको मैदानमा गत चैत २५ गते खेलेको थियो । उक्त खेलमा नेपाल फिलिपिन्ससँग ४-१ गोलले पराजित भएको थियो । नेपालले फिलिपिन्ससँग अर्को खेल आगामी नोभेम्बरमा घरेलु मैदानमा खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.