एमाले पार्टी कार्यालय बेल्टारमा आफ्नै कार्यकर्ताद्वारा तोडफोड

एमाले पार्टी कार्यालय बेल्टारमा आफ्नै कार्यकर्ताद्वारा  तोडफोड

गाईघाट: उमेदवारको बिषयलाई लिएर नेकपा एमाले चौदण्डी नगरपालिका भित्र चरम विवाद सिर्जना भएको छ। नगर कमिटीले सिफारिस गरेको भन्दा फरक व्यक्तिलाई प्रदेश कमिटीले मेयरको उमेदवार बनाएको भन्दै आक्रोशित कार्याकर्ताले मंगलबार एमाले नगर कमिटीको पार्टी कार्यालय तोडफोड गर्नुकासाथै पार्टी कार्यालयमा कालोझण्डा राखेका छन् ।

कार्यकर्ताहरुले चौदण्डी नगर कमिटीको कार्यालय बेल्टार ६ मा तालाबन्दी गर्नुकासाथै पार्टी कार्यालय भित्र रहेको दुई थान कुर्सी जलाई कालोझण्डा गाडेका छन्। तालाबन्दीपछि कार्यकर्ताहरुले बेल्टार बजारमा प्रर्दशन गरेका छन् । आम कार्यकर्ताको भावना विपरीत प्रदेश कमिटीले निर्णय गरेको भन्दै आक्रोशित कार्यकर्ताले निर्णय नसच्याएसम्म तालाबन्दी जारी रहने र उमेदवारलाई पनि नगर क्षेत्रमा प्रवेश गर्न नदिने अडान राखेका छन् । हुलहुज्जतकासाथ पार्टी कार्यालयमा पुगेका आक्रोशित कार्यकर्ताले कार्यालय तोडफोड गरी कुर्सी वाहिर ल्याएर जलाएको स्थानीय सञ्चारकर्मी केदार कटुवालले जानकारी दिनुभयो ।

कुर्सी जलाउन थालेपछि भिड नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक आशाराम चौधरीको नेतृत्वमा प्रहरी टोली पुगेको थियो । प्रहरी निरीक्षक चौधरीले पार्टी भित्रको आन्तरिक विवादका बिषयलाई लिएर कालोझण्डा राख्ने र तालाबन्दी लगाउने काम भएको बताउनुभयो ।

तालाबन्दीपछि कार्यकर्ताहरुले बेल्टार बजारमा प्रर्दशन गरेका छन् । सिफारिसभन्दा वाहेकका उमेदवार मान्दैनौ, स्थानीय नेतालाई टिकट देऊ लगायतका माग राख्दै नाराजुलुससहित बजार परिक्रमा गरेका कार्यकर्ताको जुलुस पुष्पलाल चोकमा पुगि कोणसभामा परिणत भएको थियो । कोणसभालाई स्थानीय नेताले सम्बोधन गरेका थिए ।

पार्टीको केन्द्रीय सर्कुलर वमोजिम नगर कमिटीले कुमारसिंह कार्की, राजेन्द्र कटुवाल, शम्भु पौडे्ल र कालु लामालाई सिफारिस गरेको थियो । सिफारिसमा परेका जो उम्मेदवार भएपनि एक अर्काले सघाउने भन्ने उनीहरु वीच समझदारी बनेको थियो । चार जनामा जसलाई टिकट दिएपनि विवाद सिर्जना हुने र अन्तरघात हुने सम्भावना बढेको भन्दै १ नम्बर प्रदेश कमिटीले पार्टीका जिल्ला कमिटी सदस्य नरेन्द्र राउतलाई टिकट दिएपछि विवाद भएको हो ।

प्रदेश कमिटीको उक्त निर्णयसँगै स्थानीय कार्यकर्ताले सिफारिसमा परेका चार जनालाई घेरा हाली चार मध्ये १ जना सर्वसहमत नभएसम्म पार्टी कार्यालयबाट निस्कन नदिने भन्दै दुई घण्टासम्म पार्टी कार्यालय भित्रै थुनेका थिए । कार्यकर्ताको तिव्र विरोधका बाबजुद उनीहरुले प्रदेशको उक्त निर्णय नमान्ने र सामाजिक व्यक्तित्व पुर्व क्षेत्रीय कमिटी अध्यक्ष एवंम बुद्धीजीवि परिषद उदयपुरका अध्यक्ष कुमारसिंह कार्कीलाई सर्वसहमत उमेदवार बनाउने निर्णय गरेको जिल्ला कमिटी सचिवालय सदस्य तथा मेयरका आकांक्षी कालु लामाले बताउनुभयो ।

आफ्नै कार्यकर्ता पार्टी कार्यालय तोडफोडमा उत्रिएपछि पार्टी शुभेच्छुक तथा मतदाताहरु अन्यौलमा देखिएका छन् । एमाले आन्तरिक विवादमा फसेको भन्दै विपक्षी पार्टी भने उत्साहित देखिएका छन् । एमाले भित्र विवाद चुलिदै जाँदा मतदाता आफ्नो पंक्षमा पार्ने योजनाकासाथ विपक्षी पार्टी लागेको देखिन्छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.