ओलीका प्रश्नको जवाफमै सकियो देउवाको सम्बोधन

ओलीका प्रश्नको जवाफमै सकियो देउवाको सम्बोधन

काठमाडौं : व्यवस्थापिका संसद्मा प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रश्नको जवाफ दिँदैमा कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधन सकिएको छ।

केपी ओलीले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा मतपत्र च्यातिएको विषयमा गरेका प्रश्न र तराई आन्दोलनमा सरकारी पक्षले चलाएको गोलीका विषयमा गरेका प्रश्नको जवाफ दिँदैमा सकिएको हो।

ओलीले करिब डेढ घन्टा गरेका प्रश्नको जवाफ देउवाले करिब १० मिनेटमै दिनु भएको हो। सम्बोधनको सुरुमै देउवाले भन्नुभयो, ‘धेरै कुरा आए कहाँबाट सुरु गरौँ भन्नेकुरा समस्या छ।’

देउवाले भरतपुर महानगरको मतगणनाको विषय कानुन सम्वत् भएको र त्यो विषयले अदालतमा प्रवेश पाएकाले आफूले त्यसबारे केही नबोल्ने तर अदालतको निर्णय स्वीकार गर्नु उल्लेख गर्नुभयो।

देउवाले तराई आन्दोलनका क्रममा प्रमुख प्रतिपक्षी दलको सुरक्षाका लागि नै सुरक्षाकर्मीले गोली चलाएको समेत प्रष्ट पार्नु भएको छ। ओलीले सरकारले किन गोली चलायो भन्दै गरेको प्रश्नको जवाफ दिने क्रममा ओलीले यस्तो बताउनु भएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिएर सत्ता गठबन्धनको सहमतिलाई कार्यान्वयन गरेको भन्दै देउवाले प्रधानमन्त्रीप्रचण्डलाई विशेष धन्यवाद दिनु भएको छ। ‘सहमती अनुसार नै प्रधानमन्त्री पदबाट राजीनामा गर्नु भएकोमा बढा खुशी लाग्यो। तपाईंलाई विशेष धन्यवाद दिन चाहन्छु।’

देउवाले प्रधानमन्त्री प्रचण्डको कार्यकालमा सफलतापूर्वक स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएकाले अब आफू प्रधानमन्त्री भएपछि त्यसलाई कुसलतापूर्वक पूरा गर्ने प्रतिबद्धता जनाउनु भएको छ।

‘असार १४ मा स्थानीय तहको दोस्रो चरणको निर्वाचन गर्नुछ, निर्वाचन हुन्छ र निर्वाचन गराउने कुरामा हामी प्रतिबद्ध छौँ’, देउवाले भन्नुभयो, ‘प्रदेश सभाको आगामी निर्वाचन माघ ७ गते भित्र सम्पन्न गर्ने प्रतिबद्धता हामीबीच भएकाले त्यसबाट कहिल्यै पछाडि हट्नेछैनौँ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.