प्रधानन्यायाधीश माथिको महाअभियोग संसदबाट फिर्ता
काठमाडौ :प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध दर्ता गरिएको महाअभियोग प्रस्ताव औपचारिक रुपमा व्यवस्थापिका संसदबाट फिर्ता भएको छ । काँग्रेसका मिन बिश्वकर्मा र माओवादी केन्द्रका टेकबहादुर बस्नेतले दर्ता गराएको महाअभियोग प्रस्ताव मंगलबार औपचारिक रुपमा फिर्ता भएको हो ।
सभामुख ओनसरी घर्तीले प्रस्ताव फिर्ताका लागि सहमति जनाइदिन राखेको प्रस्तावलाई संसदले सहमति जनाएको थियो । सभामुख कार्की माथि लगाइएको महाअभियोग प्रस्ताव माथि बैशाख २२ गते संसदमा छलफल गर्न समय तोकिएको थियो ।
कार्की मंगलबारदेखि नै विदा बस्नु भएको छ ।