संसद्को दोस्रो बैठक सुरु, देउवा प्रधानमन्त्री बन्‍दै ( लाइभ )

संसद्को दोस्रो बैठक सुरु, देउवा प्रधानमन्त्री बन्‍दै ( लाइभ )

काठमाडौं: व्यवस्थापिका-संसद्को दोस्रो बैठक सुरु भएको छ।

बैठकमा प्रधानमन्त्री पदका लागि एक मात्र उम्मेदवार एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बोलिरहनु भएको छ।

व्यवस्थापिका-संसद्को आजको दोस्रो बैठकले प्रधानमन्त्रीको चयन गरिनेछ।

यही जेठ २१ गते प्रधानमन्त्रीको निर्वाचनको मिति तय भएकामा नेकपा९एमाले०ले चितवनको भरतपुर महानगरपालिका– १९ मा पुनःमतदान गर्ने निर्वाचन आयोगको निर्णयको विरोधमा संसद् अवरोधको चेतावनी दिएका कारण बैठक बस्न सकेको थिएन।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट बहुमतका आधारमा नयाँ प्रधानमन्त्री चयनका लागि पठाइएको यही जेठ १८ मा प्राप्त पत्र एमालेको अवरोधका कारण संसद् बैठकमा प्रस्तुत मनोनयन नभई संसद् सचिवालयमा दर्ता भएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रमुख तीन दलका शीर्ष नेताको सम्बोधनसँगै आजदेखि संसद्को बैठक सुरु भएको थियो। प्रधानमन्त्री प्रचण्डले यही जेठ १० मा राजीनामा दिनुभएको थियो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.