अबको प्रधानमन्त्री देउवा ज्ञानेन्द्रले तान्ने र फाल्ने गरे जस्तो होइन : प्रचण्ड

अबको प्रधानमन्त्री देउवा ज्ञानेन्द्रले तान्ने र फाल्ने गरे जस्तो होइन : प्रचण्ड

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नितान्त नयाँ परिस्थितिमा प्रधानमन्त्री बन्न लागेको उल्लेख गर्नु भएको छ।

व्यवस्थापिका संसद्मा देउवालाई नयाँ प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्दै प्रचण्डले भन्नुभयो, ‘उहाँ चौथो पटक प्रधानमन्त्री बन्दै हुनुहुन्छ तर, अहिले उहाँ प्रधानमन्त्री बन्न लाग्नु भएको अवस्था नितान्त नयाँ र फरक छ। पहिला राजा ज्ञानेन्द्रले तान्ने र फाल्ने गरेको जस्तो अवस्था छैन।’

प्रधानमन्त्री प्रचण्डले देउवाले राजाले आफूलाई दुःख दिएका बारे राम्ररी बताउने गरेको समेत स्मरण गर्नु भएको छ। ‘राजाहरुले उहाँलाई कति दुःख दिएका थिए भन्ने कुरा उहाँले म सँग धेरै पटक बताइसक्नु भएको छ, अबको परिस्थिति फरक छ।’

देउवालाई प्रधानमन्त्रीप् उम्मेदवारीको रुपमा प्रस्ताव गर्दै प्रचण्डले आफूले १० वर्षको अवधिमा तीन प्रधानमन्त्रीलाई प्रस्ताव गर्न पाएको स्मरण गर्नुभयो। ‘१० वर्षको अवधिमा मैले केही प्रधानमन्त्री प्रस्तावित गर्ने अवसर पाएँ’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो।

उहाँले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई पहिलो संविधानसभामा सदस्य बनाएको सम्झना समेत गर्नु भएको छ। ‘शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको उहाँलाई संसद सदस्य बनाउने पहल गरेँ, प्रचण्डले भन्नुभयो, ‘उहाँ संसदमा आउनुभयो। परिस्थिति फेरियो के के भयो, म पछि उहाँ आफैँ प्रधानमन्त्री बन्नुभयो।’

त्यसलगत्तै आफूले एमालेकै नेता झलनाथ खनाललाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेको प्रचण्डले सम्झनु भएको छ। ‘त्यसपछि मैले नयाँ परिस्थितिमा एमालेकै नेता झलनाथ खनाललाई प्रस्तावित गरेर प्रधानमन्त्री बनाउने अवसर पाएँ’, प्रचण्डले भन्नुभयो, ‘संविधान निर्माणपछि केपी ओलीलाई प्रस्ताव गरेर प्रधानमन्त्री बनाएँ।’

धेरै एमाले नेतालाई प्रधानमन्त्री बनाएको तर कांग्रेसका नेतालाई भने प्रधानमन्त्री प्रस्ताव गर्ने अवसर पहिलो पटक पाएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।

‘अहिले पहिलो पटक नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्दैछु’, प्रचण्डले भन्नुभयो, ‘अझ जानेवाला प्रधानमन्त्रीले आउनेवाला प्रधानमन्त्रीलाई प्रस्ताव गरेर जानु यो विश्वकै लागि नयाँ रेकर्ड हो, नेपालका लागि यो अति नै नयाँ रेकर्ड हो।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.