मधेसवादी दलका केन्द्रीय नेताहरु एमालेमा प्रवेश

मधेसवादी दलका केन्द्रीय नेताहरु एमालेमा प्रवेश

राजविराज : राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सदस्यहरुसहित सयौजना मंगलबार नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
एमाले नगर समिति राजविराजद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा राजपाका केन्द्रिय सदस्यद्वय सुरेश सिंह, लाल मोहम्मद, दलित जनजाती पार्टीकी केन्द्रिय सदस्य पारोदेवी खंग, फोरम नेपालका प्रदेश सदस्य सुखराम यादव, तत्कालिन नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य हेमशंकर सिंहलगायतका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गर्नु भएकोहो ।
पार्टी प्रवेश गर्नेहरुमा काँग्रेस, माओवादी केन्द्र, माले, नेमकिपा, राजपा परित्याग गर्नेहरुलाई एमालेका पोलिटब्युरो सदस्य रामप्रित पासवान, केन्द्रिय सदस्य सुमनराज प्याकुरेल, जिल्ला अध्यक्ष गोविन्द न्यौपाने, पुर्व सचिव दिवाकर देवकोटा, प्रदेश सदस्य शैलेन्द्रचन्द्र झाले फुलमाला, अविर लगाई स्वागत गर्नुभएको थियो ।
पार्टी प्रवेश गर्नेहरुले देश र सम्पूर्ण जनताको पक्षमा काम गर्ने र जनताको अभिमतमा विश्वास गर्ने एमालेसँग आफ्नो विचार मिलेकोले देशको विकास निर्माणमा सहयोग गर्ने उद्देश्यले पार्टी प्रवेश गरेको बताए । एमालेले पार्टी प्रवेश गर्नेहरुमध्ये सुखराम यादवलाई राजविराजको प्रमुखमा र हेमशंकर सिंहलाई तिलाठी कोइलाडीको उपाध्यक्षमा उम्मेदवार बनाएको छ ।
यसैबीच मंगलवारै राजविराजमा एमालेले नगर प्रचार प्रसार समितिको कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त कार्यालयको पोलिटब्युरो सदस्य पासवानले उदघाटन गर्नुभयो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.