अन्‍नपूर्णकर्मी योगी न्यूनतम पारिश्रमिक निर्धारण समितिको सदस्य नियुक्त

अन्‍नपूर्णकर्मी योगी न्यूनतम पारिश्रमिक निर्धारण समितिको सदस्य नियुक्त

काठमाडौं : अन्नपूर्णकर्मी शिवराज योगी न्यूनतम पारिश्रमिक निर्धारण समितिको सदस्य पदमा नियुक्त हुनु भएको छ।

सोमबारको नेपाल सरकार मन्त्रिस्तरीय निर्णयबाट पत्रकार योगी न्यूनतम पारिश्रमिक निर्धारण समितिको सदस्य नियुक्त हुनु भएको हो।

अन्नपूर्ण पोस्ट्को वरिष्ठ उपसम्पादक योगी करिब दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ। योगीले मोफसलको ‘सुदूर साप्ताहिक ’ पत्रिका बाट पत्रकारिता सुरु गर्नु भएको हो। मोफसलमा १० वर्ष पत्रकारिता गर्नु भएका योगी १० वर्षयता राजधानीमा बसेर पत्रकारिता गर्दै आउनु भएको छ।

कैलालीको सुदूर साप्ताहिकबाट काम सुरु गर्नु भएका योगीले त्यहाँ रहँदा साप्ताहिक ‘हाम्रो परामर्श’ को सह–सम्पादक, ‘नेपाल टाइम्स’ दैनिकको सम्पादक, ‘हटलाइन’ साप्ताहिकको सम्पादक, डोटीबाट ‘गोरखापत्र’ दैनिकको संवादाता भएर काम गर्नु भएको थियो। उहाँले सुदूरपश्चिममा पहिलो पटक हवाई पत्रिकाको सुरुवात गर्नु भएको थियो।

राजधानीमा आएपछि ‘देशान्तर साप्ताहिक’ मा डेस्क सम्पादक भएर काम गर्नु भएका योगीले त्यसपछि ‘शुक्रबार साप्ताहिक’, ‘सौर्य दैनिक’, ‘माउन्टेन टेलिभिजन’मा काम गरिसक्नु भएको छ। पत्रकार योगी दुई वर्षअघिदेखि अन्नपूर्ण पोस्ट्मा कार्यरत हुनुहुन्छ।

नेपाल पत्रकार महासंघ नेपाल वाणी प्रतिष्ठानका पूर्वअध्यक्ष समेत रहनु भएका योगी नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य हुनुहुन्छ। असोमबार अन्नपूर्णकर्मी योगीसहित पत्रकार ठालुप्रसाद गौतम र युवराज विद्रोहीसमेत पारिश्रमिक निर्धारण समितिको सदस्य नियुक्त हुनु भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.