सामसुङ गियर एस३ फ्रन्टिएर स्मार्ट वाच
काठमाडौं : पक्कै पनि स्मार्टवाचको बजार स्मार्टफोनजस्तो ठूलो छैन । प्रयोगकर्तामाझ स्मार्टफोनको जस्तो क्रेज स्मार्टवाचले बनाउन पनि सकेको छैन । तर, जसले स्मार्टवाचको प्रयोग गरिरहेका छन्, उनीहरूका लागि यो अत्यावश्यक भइसकेको छ । स्मार्टवाचमध्ये पनि बजारमा सामसुङ गियर एस३ फ्रन्टिएर जस्ता उत्पादन छन, भने त यसको आकर्षण नै बेग्लै छ । हातमा लगाउने घडी स्क्रिन टचका साथै पानी र घुलोरहित पाइन्छ भने खरिदका लागि प्रयोगकर्ताले ठूलो धनरासी खर्च गर्न कुनै संकोच मान्दैनन् ।
सामसुङ गियर एस३ फ्रन्टिएरमा अनेकौ सुविधा जोडिएका छन् । जसलाई अनेकौं ब्राण्डका स्मार्टफोन सँग जोडेर प्रयोगमा ल्याउन सकिन्छ । यो सामसुङका स्मार्टफोनसँग मात्र कनेक्ट नभई प्यानासोनिक, हुवावे, जियोनी, ओवी वल्र्डफोनजस्ता स्मार्टफोनमा पनि सहज रूपमा कनेक्ट भएको छ । यसले यो वाच सबै स्मार्टफोनका लागि हो भन्ने देखिन्छ । यतिमात्र हैन, कम्पनीले यो वाच आईफोनसँग पनि जोडेर प्रयोगमा ल्याउन सकिने जनाएको छ ।
एउटा सानो वेयरेबल डिभाइसमा सबै कुरा समेटिएका छन् । स्मार्ट दुनियामा यो स्मार्टवाचले प्रयोगकर्तालाई अझ स्मार्ट बनाएको छ । एलटीई, हार्टरेट मोनिटर, वाइफाइ, जीपीएस, स्पष्ट आवाज र प्रयोगकर्ताको स्वास्थ्यलाई ४२ हजारको आकर्षण डिभाइसमा समेटेको छ । कम्पनीका अनुसार यसको बजार मूल्य ४१ हजार नौ सय रुपैयाँ छ । यसले प्रयोगकर्ताको हरेक क्षणलाई सुसुचित गरेको छ ।
यतिसम्म कि, आज कति घन्टा सुत्नुभयो, कति पाइला हिड्नुभयो, सवारीमा कति यात्रा गर्नुभयो, यात्रा कस्तो रह्यो, आज गर्नुपर्ने काम के छ, स्वास्थ्य अवस्था कस्तो छ, विश्वमा के भइरहेको छलगायत सम्पूर्ण जानकारी यसले प्रदान गर्नेछ । यी त भए सामसुङ गियर एस३ मा सामसुङले सुरुमै प्रदान गरेका सेवा । यो भन्दा पनि प्रयोगकर्ताले सामसुङ गियर एस३ फ्रन्टिएरमा विभिन्न एप्सलाई प्रयोगमा ल्याउन सक्नेछन् जुन एउटा स्मार्टफोन सरह छ । स्मार्टफोनको काम स्वयं स्मार्टवाचबाटै सम्भव छ । फोन गर्ने, उठाउने, म्यासेज आदानप्रदान गर्ने सबै स्मार्टवाचमार्फत नै गर्न सकिन्छ ।
यही क्रममा सबैको जिज्ञासा सामाजिक सञ्जाल त्यसमा पनि फेसबुक, टुइटरसम्बन्धी व्यवस्था के छ भन्ने हुन सक्छ । सामाजिक सञ्जाल फेसबुक, टुइटर, इन्स्टाग्राम, लिंक्डइनमात्र हैन हरेक कुरामा सामसुङ गियर एस३मार्फत अपडेट हुन सकिन्छ । सामाजिक सञ्जालमा घटेका हरेक घटनाको नोटिफिकेसन स्मार्टवाचमै प्राप्त गर्न सकिन्छ । सामसुङ गियर एस३ स्मार्टवाच प्रयोगको सबैभन्दा प्रभावकारी पक्ष सवारीसाधन चलाउँदा हुने सहजता हो । कसको कल हो भन्ने स्मार्टवाचमबाटै थाहापाउन सकिन्छ । यसले स्मार्टफोन खल्तीबाट निकाली रहनुपर्ने वाध्यता अन्त्य गरिदिएको छ । प्रयोगकर्ताले स्मार्टवाचबाटै फोन उठाएर बिना झन्झट स्पष्ट आवाजमा कुरा गर्न सक्नेछन् । तर, यी सबै कुराका लागि स्मार्टफोन स्मार्टवाचसँग ब्लुटुथमार्फत कनेक्ट भएको हुनुपर्छ।
यो त स्मार्टफोनमा कनेक्ट हुँदाको अवस्था भयो । स्मार्टफोनसँग कनेक्ट नगर्दा पनि यो स्मार्ट वाचको महत्व बेग्लै छ । हातमा घडी लगाउनु भनेको आपूmलाई अपडेट राख्न र समयको महत्व बुझेर पनि हो । साधारण घडीले समय त बताउँछ तर आकर्षक नदेखिन पनि सक्छ । जब सामसुङ गियर एस३ फ्रन्टिएर प्रयोगकर्ताको हातमा पर्छ यसले हातको शोभामात्र बढाउँदैन अरुको ध्यानसमेत आपूmतर्फ केन्द्रित गर्छ ।
यसका साथै स्मार्टवाच प्रयोगकर्ताको समय कटाउने माध्यम पनि बनेको छ । यसमा प्रयोगकर्ताले वाइफाइ कनेक्ट गरी सूचना लिनुका साथै खेल खेलेर वा गीत सुनेर पनि मज्जा लिन सक्नेछन् । एक पटक चार्ज गरेपछि तीन दिनसम्म चल्ने सामसुङ गियर एस३ हार्डवेयर, सफ्टवेयरका हिसाबले पनि उत्कृष्ट छ।
हार्डवेयर
डिजाइन र गुणस्तरका हिसाबले सामसुङ गियर एस३ फ्रन्टिएर अन्य स्मार्टवाचको तुलनामा अब्बल छ । सुहाउँदो आकारमा बनेको यो वाचमा कम्पनीले नयाँ प्रविधिलाई प्रयोगमा ल्याएको छ । यसमा प्रयोग भएको स्टेनलेस स्टिल रोटिङ बेजल एउटा नयाँ आविश्कार हो जसलाई घुमाएर पनि आनन्द लिन सकिन्छ । गोरिल्ला ग्लास एसआर प्लस प्रयोग भएको एमलोड डिस्प्लेले वाचलाई आकर्षक र सुरक्षित बनाएको छ । ६२ ग्रामको यो स्मार्टवाचमा एप्स खोल्न र ब्याक गर्नको लागि दुईवटा बटन राखिएको छ । तर, यी कुरा प्रयोगकर्ताले स्क्रिन टच र रोटेसन बेजलमार्फत पनि गर्न सक्नेछन् । वाचको पछाडिको भागमा सेन्सरको प्रयोग भएको छ जसले प्रयोगकार्तको हार्टरेटदेखि लिएर अन्य गतिविधिको मापन गर्नेछ ।
सफ्टवेयर
सामसुङ गियर एस३ फ्रन्टिएरमा प्रयोग भएको टिजेन अपरेटिङ सिस्टमले स्मार्टवाचलाई छिटोछरितो बनाएको छ । वाचमा वाच फेस, एस हेल्थ, फोन डाइलर, म्यासेजिङ एप, वेदर, रिमाइन्डर, क्यालेन्डर, अलार्म, कन्ट्याक्ट, फाइन्ड योर फोनलगायत विभिन्न एप्स छन् । स्क्रिनलाई बाँयाबाट दाँयातर्फ सार्दै जाँदा यीनको नोटिफिकेसन हेर्न सकिन्छ । त्यस्तै माथिबाट स्क्रिनलाई तल सार्दा वाचको अवस्था र दायाँबाट बायाँतर्फ सार्दा प्रयोगकर्ताले इनेबल गरेका विभिन्न एप्स देख्न सकिन्छ । सामसुङ वाचमा इन्टिलिजेन्स प्रविधिको प्रयोग भएको छ जसले प्रयोगकर्ता सुतेको, हिडेको, सवारी हाकेकोलगायत रेकर्ड गर्छ ।
आवश्य एन्ड्रोइड एप्स
स्मार्टवाचलाई चलाउन सामसुङ गियर एप आवश्यक छ । यदि प्रयोगकर्ताले सामसुङभन्दा अन्य कुनै ब्रान्डको स्मार्टफोन प्रयोग गरिरहेका छन् भने सामसुङ गियर एपका साथै गियर एस प्लग इन र सामसुङ एसेसरिज सर्भिस एप्स डाउनलोड गर्नुपर्नेछ । यसका साथै सामसुङ गियर एस३ फ्रन्टिएरको पूर्ण सदुपयोगका लागि एस हेल्थ एप पनि डाउनलोड गर्नुपर्नेछ जुन गुगल प्ले स्टोरमा नि:शुल्क रूपमा उपलब्ध छ ।
सामसुङ गियर एस थ्रि फ्रन्टिएर
प्रोसेसर : सामसुङ एक्सिनोस ७२७० १ गिगाहर्ज डुयल कोर
डिस्प्ले : १.३ इन्च सुपर एमलोड विथ गोरिल्ला ग्लास
ओएस : टिजेन ओएस २.३ एक्स
र्याम : ७६८ एमबी
इन्टरनल स्टोरेज : ४ जीबी
सेन्सर : एक्सेलेरोमिटर, बारोमिटर, हार्ट रेट, एम्बियन्ट लाइट, जिरो
वायरलेस प्रविधि : वाइफाइ, ब्लुटुथ, फोरजी, एनएफसी, एमएसटी
ब्याट्री : ३८० एमएएच विद् वायरलेस चार्जिङ डक
मूल्य : ४१,९००