मन्त्री छान्न कांग्रेस र माओवादी आन्तरिक छलफलमा

मन्त्री छान्न कांग्रेस र माओवादी आन्तरिक छलफलमा

काठमाडौं : मन्त्री छनोटका लागि सत्तागठबन्धनका राजनीतिक दलहरु आन्तरिक छलफलमा व्यस्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको आज हुने सपथसँगै केही मन्त्रीको पनि सपथका लागि दलहरु छुट्टाछुट्टै छलफलमा व्यस्त भएका हुन् । मन्त्री छनोट गर्नका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र आन्तरिक गृहकार्यमा जुटेका हुन् । त्यस्तै केही साना दल पनि सरकारमा जान गृहकार्यस्वरुप छलफलमा व्यस्त छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगै नेपाली कांग्रेसले गोपालमान श्रेष्ठ र ज्ञानेन्द्र कार्कीलाई मन्त्रीको रुपमा सपथ खुवाउने भएको छ । श्रेष्ठ र कार्कीको नाम अन्तिम टुंगो लागेपनि मन्त्रालय भने अझै टुंगिएको छैन । संभव भएसम्म कांग्रेसले आजै अन्य दुई मन्त्री पनि टुंग्याउने छ । श्रेष्ठ र कार्की देउवानिकट मानिनुहुन्छ । देउवाले अन्य मन्त्रीका लागि नेता रामचन्द्र पौडेलसँग छलफल जारी राख्नुभएको छ । महेश आचार्य, फरमुल्लाह मन्सुरको मन्त्री बन्ने बढी चर्चा छ।

मन्त्री छनोट गर्नका लागि माओवादी केन्द्र बालुवाटारमा बैठक बसिरहेको छ । उक्त बैठकले आज हुने देउवाको सपथसँगै दुईजना मन्त्री तय गर्ने छ । माओवादीले उपप्रधानमन्त्रीसहित पहिलो दुई मन्त्री पठाउने भएको छ । देउवा सरकारमा माओवादीले ८ वटा मन्त्रालय सम्हाल्ने छ ।

देउवा प्रधानमन्त्री भएसँगै माओवादीले गृहमन्त्री सम्हाल्ने छ भने कांग्रेसले अर्थमन्त्री लिने सहमति भएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.