माओवादीले तीन मन्त्रीको टुंगो लगायो
काठमाडौं : नेकपा माओवादी केन्द्रले तीन मन्त्रीको नाम टुंगो लगाएको छ । माओवादीले पहिलो चरणमा तीन मन्त्रीको नाम टुंग्याएको हो । माओवादीले कृष्णबहादुर महरा, जनार्दन शर्मा र प्रभू शाहको नाम टुंगो लगाएको छ। नेकपा माओवादी केन्द्रले देउबा सरकारमा कृष्ण बहादुर महराको नेतृत्वमा आफ्ना ८ आठ मन्त्री पठाउने भएको छ ।
माओवादी केन्द्रको बैठकले कृष्ण बहादुर महरालाई उपप्रधानम्नत्रीसहित परराष्ट्रमन्त्रीको जिम्मेवारीमा पठाएको छ । त्यस्तै जनार्दन शर्मालाई गृहमन्त्रीमा पठाउने माओवादीले निर्णय गरेको छ । माओवादीले प्रभु शाहलाई पनि आजै सपथका लागि पठाएपनि मन्त्रालय भने अझै टुंगिएको छैन् ।