कांग्रेसमा मन्त्री छान्न सकस, पौडेल पक्ष असन्तुष्ट
काठमाडौं : प्रधानमन्त्रीकारुपमा सभापति शेरबहादुर देउवा निर्वाचित भएको दोस्रो दिनमै नेपाली कांग्रेसमा भाडभैलो मच्चिएको छ । रामचन्द्र पौडेल समूहले सरकार गठन प्रक्रियामा आफूहरुसँग छलफल नै नगरेको कारण देखाउँदै साभापति देउवासँग चरम असन्तुष्टी देखाएको छ । आज हुने प्रधानमन्त्रीको सपथ ग्रहण कार्यक्रममा पौडेल पक्षका अधिकांश नेताहरु नजाने बुझिएको छ ।
पौडेल समहूबाट महेश आचार्य र फरमुल्लाह मन्सुरले आजै मन्त्रीको सपथ खाने चर्चा चलेपनि निर्णय हुन सकेन । निर्णय हुन नसकेपछि पौडेल पक्ष असन्तुष्ट भएको हो । असन्तुष्टी बढेपछि नेपाली कांग्रेसलाई पहिलो चरणमा मन्त्री छान्न सकस परेको छ ।
कांग्रेसले गोपालमान श्रेष्ठलाई रक्षामन्त्रीको जिम्मेवारी र ज्ञानेन्द्र कार्कीलाई भौतिक योजना तथा पूर्वाधार मन्त्रीको जिम्मेवारी दिने तयारी गरेको छ । कांग्रेसका चरम विवाद भएपछि पौडेल पक्षबाट हुने अन्य मन्त्रीको आज खान नपाउने भएका हुन् ।