प्रधानमन्त्री देउवासहित आठ मन्त्रीको सपथ समारोह (फोटोफिचर)

प्रधानमन्त्री देउवासहित आठ मन्त्रीको सपथ समारोह (फोटोफिचर)

तस्बिर : सरोज बैजु 

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवासहित आठ मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिनु भएको छ।
बुधबार दिउँसो शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री देउवासहित आठ मन्त्रीलाई राष्ट्रपति भण्डारीले सपथ ग्रहण गराउनु भएको हो।

देउवा नेतृत्वको सरकारमा पहिलो चरणमा विजयकुमार गच्छदार (उपप्रधान, संघीय मामिला तथा स्थानीय विकास) कृष्णबहादुर महरा (उपप्रधान तथा परराष्ट्र), गोपालमान श्रेष्ठ (उपप्रधान तथा शिक्षा), ज्ञानेन्द्रबहादुर कार्की (अर्थ), फरमुल्ला मन्सुर (श्रम तथा रोजगार), जनार्दन शर्मा (गृह) र प्रभु शाहले (विना विभागीय मन्त्री)को रुपमा पद तथा गोपनीयताको सपथ लिनु भएको हो।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्तीमगर, कायमुकायम प्रधानन्यायाधीश गोपाल पराजुली, पूर्वप्रधानमन्त्री, कुटनीतिक नियोगका प्रतिनिधिलगायत उच्च पदस्थ व्यक्तित्वको उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.