प्रचण्डको घोषणा:गृहमन्त्री शर्मा ‘स्टार अफ दी क्याम्पेनर’

प्रचण्डको घोषणा:गृहमन्त्री शर्मा ‘स्टार अफ दी क्याम्पेनर’

काठमाडौं : निवर्तमान प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवनियुक्त गृहमन्त्री जनार्दन शर्मालाई ‘स्टार अफ दी क्याम्पेनर’ घोषणा गर्नु भएको छ।

मन्त्री छनोटका लागि बुधबार बिहान बालुवाटारमा बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकमा प्रचण्डले शर्मालाई ‘स्टार अफ दी क्याम्पेनर’ घोषणा गर्नु भएको हो।

प्रचण्ड नेतृत्वको सरकारमा ऊर्जा मन्त्री रहनु भएका शर्मा बुधबार काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा गृहमन्त्रीको सपथ लिनु भएको छ।

बैठकमा सहभागी नेता मणि थापाले प्रचण्डको भनाइ उद्दत गर्दै भन्नुभयो ‘ जनार्दन शर्मा हाम्रो स्टार अफ दी क्याम्पेनर हुनु भएको छ।’

शर्माले ऊर्जामन्त्रालयको नेतृत्व सम्हालेपछि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्नु भएको थियो।

घिसिङले प्राधिकरणको नेतृत्व सम्हालेपछि बर्षौदेखि लोडसेडिङ रहदै आएको मुलुकलाई लोडसेडिङ मुक्त गराइएको थियो। उपयुक्त व्यक्तिलाई उपयुक्त ठाउँमा जिम्मेवारी दिदा सफलता पाउन सक्ने उदाहरण घिसिङ बन्नु भएको छ।

प्रचण्डले शर्मालाई गृहमन्त्रीमा सिफारिस गर्दा सहभागी नेताहरुले एकमतले समर्थन जनाएको थापाले बताउनुभयो।

माओवादी केन्द्रका नेताहरुले ऊर्जा मन्त्रालयको जस्तै सफलता गृहमन्त्रालयमा पनि पाउने गरी काम गर्न गृहमन्त्री शर्मालाई शुभकामना दिनु भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.