यी हुन् देउवा सरकारका सात प्राथमिकता
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले तीनै तहको निर्वाचन तोकिएको मितिमा गर्ने निर्णय गरेको छ ।
बुधबार राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ लिएर कार्यभार सम्हाले लगत्तै बसेको बैठकले तीनै तहको निर्वाचन तोकिएकै मितिमा गर्नेसहितका सात विषयलाई प्राथमिकता दिने निर्णय गरेको हो।
विना विभागीय मन्त्री प्रभु शाहका अनुसार सरकारको सात प्राथमिकतामा संविधान कार्यान्वयन, दोस्रो चरणको निर्वाचन तोकिएकै मितिमा गर्ने, २०७४ माघ ७ भित्र संघ र प्रदेशको निर्वाचन गर्ने, पुननिर्माणमालाई तीब्रताका साथ अगाडि बढाउने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने, आर्थिक समृद्धि हासिल गर्ने, शान्ति सुरक्षा प्रत्याभूति गर्ने र दैनिक आपूर्तिलाई सहज बनाउने विषय परेका छन् ।
पहिलो चरणमा देउवा नेतृत्वको सरकारमा सात मन्त्री रहेका छन् ।