प्रधानमन्त्री देउवाद्वारा पदभार ग्रहण

प्रधानमन्त्री देउवाद्वारा पदभार ग्रहण

काठमाडौं : नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गर्नु भएको छ। बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर देउवाले पदभार ग्रहण गर्नु भएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएपछि सहिद स्मारक जानु भई सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेर फर्किए लगत्तै देउवाले पदभार ग्रहण गर्नु भएको हो।  नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका देउवा मङ्गलबार प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएको हो।

यसैबीच, प्रधानमन्त्री देउवा आजै नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपा जानु भई काँग्रेसका संस्थापक एवम् दिवङ्गत शीर्ष नेताहरुको तस्विरमा माल्र्यपण गर्नुभयो।

उहाँले प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् काँग्रेसका नेता बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको तस्बिरमा माल्यर्पण गर्नुभएको थियो।

यसैगरी प्रम देउवाले कार्यालयस्थित आफ्नो पार्टी सभापतिको कार्यकक्षमा गई एक छिन बस्नुभएको थियो। पार्टी कार्यालयमा पुग्दा नवनिर्वाचित प्रमलाई पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गर्नुभएको थियो। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.