सिंहदरबारबाट प्रधानमन्त्री देउवा सिधै प्रचण्ड निवासमा !

सिंहदरबारबाट प्रधानमन्त्री देउवा सिधै प्रचण्ड निवासमा !

काठमाडौं : नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा पदभार ग्रहण लगत्तै सिंहदरबारबाट सिधै निवर्तमान प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास पुग्नु भएको छ।

बुधबार साँझ ६ बजे प्रधानमन्त्री देउवा प्रचण्ड निवास लाजिम्पाट पुग्नु भएको हो। भेटवार्तामा सरकार सञ्चालन र स्थानीय तहको दोस्रो चरणको निर्वाचनलगायतका विषयमा छलफल भएको प्रचण्डको निजी सचिवालयले जानकारी दिएको छ।

पूर्वसहमति अनुसार नै प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि मंगलबार देउवा व्यवस्थापिका संसदबाट प्रधानमन्त्री पदमा निर्वाचित हुनु भएको हो।

प्रधानमन्त्री देउवाले बुधबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिनु भएको छ। सपथ लगत्तै देउवाले सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्नु भएको थियो।

देउवा सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले तोकिएकै मितिमा तीन तहकै निर्वाचन सम्पन्न गर्नेलगायत विभिन्न सात विषयलाई प्राथमिकतामा राखेर अघि बढ्ने निर्णय गरेको छ।

कांग्रेस, माओवादीसहित साना दल सहभागी गठबन्धनको सरकारमा माओवादीले ८ मन्त्रालय पाउने सहमति भइसकेको छ। पहिलो चरणको मन्त्रिपरिषद्मा माओवादीबाट कृष्णबहादुर महरा, जनार्दन शर्मा र प्रभु शाह मन्त्री बन्नु भएको छ।

देउवाले निर्वाचनपछि मात्र दोस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने योजना बनाउनु भएको उहाँ निकट स्रोतको दाबी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.