प्यूठानमा विप्लवका कार्यकर्ता प्रहरीको नियन्त्रणमा
प्यूठान : आसन्न स्थानीय तह निर्वाचनलाई भाड्ने गरी योजना बनाउन लागेको भन्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यसहित ११ जना कार्यकर्ता प्रक्राउ परेका छन्। बुधबार माण्डवी गाउँपालिकाको तिरामस्थित कुमालटारबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
नेकपाका केन्द्रीय सदस्य एवम् राप्ती ब्यूरो इन्चार्ज सुवास, केन्द्रीय सदस्य बन्धु चन्द, असल खड्का र जिल्ला सेक्रेटरी दधिराम सुवेदीसहितका कार्यकर्तालाई प्रक्राउ गरिएको प्यूठानका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो।
प्रक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय प्यूठानमा ल्याई आवश्यक अनुसन्धान गर्ने काम भइरहेको प्रहरी प्रमुख डीएसपी रंजितसिंह राठौँरले जानकारी दिनुभयो।