नयाँ सरकारसँग काम गर्न चाहन्छौं : चीन

नयाँ सरकारसँग काम गर्न चाहन्छौं : चीन

काठमाडौं :  उत्तरी छिमेकी चीनले नेपालमा गठित नयाँ सरकारसँग मिलेर काम गर्न चाहेको बताएको छ । चिनियाँ विदेश मन्त्रालय बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता हुआ चुनयिङ्ले भन्नुभयो, ‘चीन-नेपालबीचको सम्बन्धलाई अझ सुदृढ गर्दै नयाँ सरकारसँग मिलेर काम गर्न चीन इच्छुक छ।'

एक असल छिमेकीको नाताले चीनले नेपालमा राष्ट्रिय एकता, सामाजिक स्थिरता र आर्थिक विकासका लागि नयाँ उपलब्धि हासिल हुने आशा राखेको प्रवक्ता चुनयिङले बताउनुभयो ।

उहाँले नेपालमा बनेको नयाँ सरकारसँग पारस्परिक लाभका आधारमा द्विपक्षीय सम्बन्ध सुदृढ गर्न चीनले चाहेको बताउनुभयो । चिनियाँ प्रधानमन्त्री ली खछ्याङ्ले नवनियुक्त नेपाली समकक्षी शेरबहादुर देउवालाई बधाई सन्देश पठाउँदै शुभकामना दिनुभएको छ । यसअघि चिनियाँ राजदूत यु होङ्ले प्रधानमन्त्री बनेलगत्तै देउवालाई भेटी शुभकामना र बधाई दिनुभएको थियो ।

पूर्ववर्ती दाहाल नेतृत्वको सरकारले चीनले अघि बढाएको बेल्ट एन्ड रोड अवधारणामा सहभागी हुने निर्णय गरेको थियो । देउवा नेतृत्वको सरकारले बेल्ट एन्ड रोड अवधारणामा नेपालको सक्रिय सहभागिताका लागि भौतिक पूर्वाधार निर्माणका परियोजना अघि बढाउँछ या बढाउँदै भन्ने आशंका चीनमा देखिएको बेइजिङस्थित नेपालीदूतावासका अधिकारी बताउँछन् ।

‘चिनियाँ नेतृत्वलाई देउवा नेतृत्वको सरकारले चीनसँगको सम्बन्धलाई प्राथमिकतामा राख्छ कि राख्दैन ? भारत र अमेरिकासँग निकट सम्बन्ध रहेका देउवाले कसरी चीनसँग सम्बन्ध अघि बढाउलान् ? भन्ने चासो व्यापक छ', दूतावासका एक अधिकारीले टेलिफोनमा अन्नपूर्णसँग भने ।

छिमेकसँग मित्रवत् व्यवहार : परराष्ट्रमन्त्री

काठमाडौं : नवनियुक्त उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले निकट छिमेकीसहित अन्य विदेशी राष्ट्रसँग मित्रवत् व्यवहार गर्ने नीति लिइने बताउनुभएको छ । परराष्ट्र मन्त्रालयमा बुधबार कार्यभार सम्हालेपछि कर्मचारलाई निर्देशन दिँदै मन्त्री महराले भन्नुभयो, ‘राष्ट्रिय स्वाधीनतालाई प्राथमिकता राख्दै छिमेकी र अन्य विदेशी राष्ट्रसँग मित्रवत व्यवहार गर्ने मेरो प्राथमिकता हुनेछ ।'

महराले अन्य मन्त्रालयबाट भएका कामले नेपालका राष्ट्रियतामा आँच पुगेको छ कि छैन भनेर पनि चनाखो भएर हेर्न कर्मचारीलाई निर्देशन दिनुभयो । ‘तपाईंहरूले आफूलाई होइन, देशलाई केन्द्रमा राखेर काम गर्नुहोस् । त्यही कामले तपाईंहरूको मूल्यांकन हुनेछ', महराले भन्नुभयो । महराले वैदेशिक रोजगारीमा जाने नेपालीको समस्या समाधानका लागि उच्चस्तरीय कार्यदल गठन गर्ने पहिलो निर्णय गर्नुभएको छ ।

वैदेशिक रोजगारीका चुनौती र सम्भावना केलाउँदै मन्त्रालयबाट गर्नुपर्ने तत्कालीन, मध्यकालीन र दीर्घकालीन प्राथमिकता निर्धारण गर्न परराष्ट्र मन्त्रालयको संयोजनमा गृह, अर्थ र श्रम तथा रोजगार मन्त्रालयका प्रतिनिधि रहेको कार्यदल गठन गर्नुभएको महराका सञ्चारविज्ञ त्रिभुवन पौडेलले जानकारी दिनुभयो ।

कार्यदलले वैदेशिक रोजगारीमा गएका नेपालीले तोकिएबमोजिमको रोजगारी र सुविधा नपाउने, अलपत्र पर्ने, कानुनी हैसियत गुमाउने, जेलमा पर्नुपर्ने, निधन हुने तथा उद्धारको प्रतीक्षामा बस्नुपर्नेजस्ता समस्या समाधान गर्नका लागि योजना बनाउनेछ । मन्त्रालयका सचिव शंकरदास बैरागीसहित मन्त्रालयका अधिकारीले उपप्रधानमन्त्री महरालाई मन्त्रालयमा स्वागत गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.