गाउँपालिका अध्यक्ष बन्न परराष्ट्रमन्त्रीका साथी गिरीद्वरा माओवादी परित्याग

गाउँपालिका अध्यक्ष बन्न परराष्ट्रमन्त्रीका साथी गिरीद्वरा माओवादी परित्याग

काठमाडौं : आफ्ना साथी कृष्णबहादुर महरा ६ पटक मन्त्री हुँदा आफूले एकपटक गाउँपालिकाको अध्यक्ष हुन खोज्दा पनि नपाएपछि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कुलानन्द गिरीले पार्टी परित्याग गर्नु भएको छ । उहाँले स्वतन्त्र रुपमा रोल्पाको त्रिवेणी गाउँपालिकामा उम्मेदवारी घोषणा गर्न पार्टी परित्याग गरेको बाउनुभयो ।

सो गाउँपालिका अध्यक्ष पदमा पार्टीका तर्फबाट गंगाराम घर्तीलाई उम्मेदवार बनाउने घोषणा गरेपछि गिरीले पार्टी परित्याग गरी स्वतन्त्र रुपमा उम्मेदवार बन्ने बताउनु भएको हो ।

गिरीले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी माओवादी केन्द्र परित्याग गरेको घोषणा गर्नु भएको हो ।

राष्ट्रिय वुद्धिजिवी संगठनको केन्द्रीय उपाध्यक्ष समेत रहनु भएका गिरीले आफूलाई पार्टीले अन्याय गरेको बताउँदै आउनु भएको छ ।

त्रिवेणी गाउँपालिका वडा नं ५ निवासी गिरी जनजागृति उच्च माध्यमिक विद्यालयको प्राचार्य जिम्मेवारीमा रहेकै समयमा माओवादी विद्रोहमा सामेल हुनु भएको थियो ।

२०६० सालदेखि निरन्तर पार्टीले दिएको जिम्मेवारीमा रहनु भएका गिरी रोल्पामा रहेका माओवादीका सीमित बौद्धिक व्यक्ति मध्येमा पर्नु हुन्छ ।

महरा र गिरी रोल्पामा शिक्षक हुनुहुन्थ्यो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.