चार दिन नेपाल-भारत सीमा बन्द

चार दिन नेपाल-भारत सीमा बन्द

धरानः असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचन सफल बनाउनका लागि भारतसंग सीमा जोडिएका पूर्वी नेपालका विभिन्न जिल्लामा चार दिन सीमानाका बन्द गर्ने सहमति भएको छ।

निर्वाचन असफल बनाउन विभिन्न अपराधिक समूह सक्रिय रहेको भन्दै नेपाल-भारत दुबै देशका सुरक्षाअधिकारीको संयुक्त बैठकले असार १२ गते देखि १५ गते विहान ६ बजेसम्म सीमानाका बन्द गरी नेपाल-भारत आवतजावतमा रोक लगाउने सहमति भएका हो ।

भारतको विहार राज्य स्थित सुपौल जिल्लामा बुधवार अबेर सम्पन्न नेपाल र भारतका प्रतिनिधिको बैठकले असार १२ देखि १५ गते बिहान ६ बजेसम्म सीमा बन्द गर्ने सहमति गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले बताउनु भयो ।

नेपाल भारत दुई देशका प्रतिनिधि बीच भएको सहमति अनुसार पूर्वी नेपालका सुनसरी, सप्तरी, सिराहा, मोरङ, झापा, इलामलगायत जिल्लाका सबै सीमा बन्द हुनेछन्।

 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.