संविधान संशोधन नगरी चुनाव भए फेरि जनयुद्ध हुन्छ: राजेन्द्र महतो

संविधान संशोधन नगरी चुनाव भए फेरि जनयुद्ध हुन्छ: राजेन्द्र महतो

जनकपुरधाम: राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सरकारले संविधान संशोधन नगरी निर्वाचन गराए पुनः जनयुद्ध हुने चेतावनी दिनु भएको छ।

विगतमा शेरबहादुर देउवा नेतृत्वकै सरकारले नेकपा माओवादीको मागलाई फोहरको टोकरीमा फाल्दा जनयुद्ध भएको सम्झना गर्दै महतोले यस्तो चेतावनी दिनु भएको हो।

‘देउवाले माओवादीका माग टोकरीमा फालेकै कारण १२ वर्षे सशस्त्र जनयुद्ध भएको हामी सबैलाई थाहा छ,’ नेता महतोले भन्नुभयो, ‘फेरि शेरबहादुर देउवा नेतृत्वकै सरकारले बिना संविधान संशोधन असार १४ गते दोश्रो चरणको स्थानीय तहको निर्वाचन गराउन खोजे पुनः जनयुद्ध निम्तिने छ।’

महतोले संविधान संशोधन बिना तराई मधेसका जिल्लामा निर्वाचन गराएर देखाउन प्रधानमन्त्री देउवा नेतृत्वको सरकारलाई चुनौती पनि दिनु भएको छ।

जनकपुर उपमहानगरपालिका १६ कपिलेश्वरमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता महतोले समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी जनतासँग धोखा गरेको आरोप लगाउनु भएको छ ।

विगत केहिदिनसम्म संविधान पुर्नलेखनको माग गर्दै आएका उपेन्द्र यादवले स्थानीय तहको निर्वाचनमा सहभागी भएर मधेसका जनतालाई धोका दिएको महतोको आरोप छ।

यादवलाई कटाक्ष गर्दै महतोले भन्नुभयो, ‘हिजोसम्म जसले संविधान पुर्नलेखनको माग गर्दै थियो त्यो व्यक्तिले आज बाबुराम र अन्य दलसंग गठबन्धन गर्दै मधेसको माग सम्बोधन नहुँदै विना निर्वाचनमा गएर मधेसप्रति ठूलो गद्दारी गरेको छ।’

महतोले रामायणको प्रसंग उठाउँदै उपेन्द्र यादवलाई विभिषणको संज्ञा दिनुभयो। फोरम अध्यक्ष यादवको चुनावमा सहभागी हुने निर्णयले गर्दा तीन प्रमुख पार्टी बिना संशोधन पनि दोस्रो चरणको निर्वाचन गर्न उत्साहित भएको महतोको भनाइ थियो। नेता महतोले संविधान संशोधन नभएसम्म कुनै पनि हालतमा तराई मधेसमा निर्वाचन हुन नदिने दाबी गर्नुभयो।

महतोले प्रमुख तीन दलले संविधान संशोधन गरेकै दिन पनि निर्वाचन गराए आफूहरु सहभागी हुन तयार रहेको बताउनुभयो। उहाँले प्रधानमन्त्री देउवाले भर्खरै देश र जनताको नाममा खाएको सपथलाई मधेसको अधिकार सम्पन्न गराएर पुरा गर्न आग्रह गर्दै भन्नुभयो, ‘देशमा २० वर्ष निर्वाचन नुहु्ँदा केही भएन, तर संविधान संशोधनको लागि २ महिना अझै पर्खिए देशमा आउन सक्ने सम्भावित संकटलाई टाल्न सकिन्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.