स्थानीय चुनावविरुद्ध पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
राजविराज: राष्ट्रिय जनता पार्टी नेपालले पूर्व-पश्चिम राजमार्गस्थित सप्तरीको महुली सडक-खण्ड बिहिबार दुई घण्टा अवरुद्ध गरेको छ।
संविधान संसोधन लगायतका माग राखी राजपाका कार्यकर्ताले दिउँसो एकदेखि तीन बजेसम्म सडकमा चक्काजाम गर्दै नारावाजी गरेपछि राजमार्ग अवरुद्ध भएको हो।
राजपाका केन्द्रिय सदस्य कुमारनाथ मिश्र, जिल्ला उपाध्यक्ष तेजनारायण यादव, चण्डेश्वर यादव र कृष्णराज यादव लगायत स्थानीय नेता कार्यकर्ताको उपस्थितीमा चक्का जाम भएको थियो।
संविधान संशोधन विना गर्न लागिएको स्थानिय तहको दोस्रो चरणको निर्वाचन हुन नदिने भन्दै राजपा सप्तरीले चरणबद्ध आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ।