सैनिक १४ वर्षदेखि लगातार विजेता

सैनिक १४ वर्षदेखि लगातार विजेता

भक्तपुर : विद्यालयस्तरीय फुबटलमा भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयले एकछत्र राज गर्दै आएको छ ।

सैनिक विद्यालयस्तरीय फुटबलको च्याम्पियन नै हो । त्यसमाथि सैनिकले भक्तपुरमै प्रत्येक वर्ष गर्दै आएको अन्तरविद्यालय सैनिक रनिङ ट्रफी फुटबल प्रतियोगिताको समेत प्रत्येक वर्ष उपाधि जोगाउँदै आएको छ ।

यस वर्ष भएको प्रतियोगिताको १६ औं संस्करणको समेत विजेता हुँदै सैनिकले १४ वर्षे अविजित यात्रालाई निरन्तरता दिएको हो ।

प्रतियोगिताअन्तर्गत बिहीबार भएको फाइनलमा आयोजक सैनिकले जेम्स स्कुललाई ४–० गोलले हराएको हो । खेलको १७ औं मिनेटमा उत्तम शाहीले गोल गर्दै सैनिकलाई अग्रता दिलाएका थिए ।

त्यस्तै पहिलो हाफमै जेम्सका गोलकिपर सुसन शर्णले कर्नर प्रहार गरिएको बल क्लियर गर्न खोज्दा आफ्नै पोस्टभित्र छिर्दा जेम्स दुई गोलले पछि परेको थियो ।

दुई गोलले पछि परेका जेम्स खेलको दोस्रो हाफमा झन् दबाबमा प¥यो । अधिकांश समय बल जेम्सकै कोर्ट रहेको थियो । जसकारण जेम्सका गोलकिपर शर्ण धेरै दबाबमा परेका थिए । उनले सैनिकका खेलाडीहरुको धेरै प्रहारलाई निस्फल पनि बनाएका थिए ।

तैपनि दोस्रो हाफमा सैनिकले थप दुई गोल गरेरै छाड्यो । सैनिकका लागि उत्तम शाहीले दोस्रो गोल गरे भने आदित गुरुङले अर्को एक गोल थपे ।
फाइनलमा एक गोल थपेका गुरुङ प्रतियोगिताका सर्वाधिक गोलकर्ता खेलाडी बन्नसमेत सफल भए । उनले प्रतियोगिताभर १२ गोल गरेका थिए ।

त्यस्तै सैनिकका अनुमेष बानियाँ उत्कृष्ट मिडफिल्डर घोषित हुन सफल भए ।
उपविजेतामा सीमित रहेको जेम्सका पहिलो रोजाईमा गोलकिपर असिम शाह उत्कृष्ट गोलकिपर घोषित हुँदा जेम्सकै दीपेश नेपाली उत्कृष्ट रक्षक बने ।
विजेता सैनिकका प्रदीप श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी बन्न सफल भए । डीएभी स्कुल अनुशासित टीमबाट पुरस्कृत भए ।

प्रतियोगिताको विजेता सैनिकले रनिङ शिल्डसँगै नगद २० हजार रुपैयाँ जोगाएको छ । विजेता खेलाडीहरुले एउटा खसीसमेत पुरस्कारको रुपमा पाए।

उपविजेता जेम्सले भने दस हजार रुपैयाँ नगद पुरस्कारमै चित्त बुझाउनुप्‍यो।
प्रतियोगिताका विजेता तथा उपविजेता स्कुल र खेलाडीहरुलाई नेपाली सेनाका कार्यरथी उपरथी शेखरसिंह बस्नेतले शिल्ड, पदक, प्रमाणपत्रसहित नगद पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा काभ्रेको एकसहित काठमाडौं उपत्यकाका १२ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाइएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.