आर्मी र पुलिस संयुक्त विजेता

आर्मी र पुलिस संयुक्त विजेता

काठमाडौं : फाइनल खेलमा वर्षाले बाधक बनेपछि प्रथम प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोलीद्वय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबलाई संयुक्त विजेता घोषित गरिएको छ । उपाधिसँगै आर्मी र पुलिसले समान १५÷१५ लाख पुरस्कार पाए । घरेलु क्रिकेटमा आर्मी र पुलिस पहिलो पटक आमने सामने भएका हुन् ।

किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले ४५.१ ओभरमा सबै विकेट गुमाउनु अघि एक सय २६ रन बनाएको थियो । जवाफी ब्याटिङ सुरु गरेको आर्मीले २.३ ओभरमा एक विकेट गुमाउदै सात रन बनाउदा भारी बर्षा भएपछि खेल रोकिएको थियो । खेलको अन्त्यतिर बर्षा रोकीदा केही समय खेल्न मिल्ने भएपनि दुवै टोलीका कप्तानले नखेल्ने निर्णय गरेपछि दुवै टोलीलाई बिजेता घोषित गरीएको थियो ।

त्यसअघि पुलिसले तुलनात्मक रुपमा कमजोर ब्याटिङ प्रदर्शन गरेको थियो । पुलिसका लागि सुरुवाती ब्याट्सम्यान सुनिल धमलाले जोडेको ३२ रननै टोलीको ब्यक्तिगत सर्बाधिक योगफल बन्यो । ९० बल खेलेका उनले एक छक्का तथा दुई चौका प्रहार गरेका थिए । यस्तै सिद्धान्त लोहनीले २०, दीपेन्द्र सिंह ऐरीले १९, कुशल भुर्तेलले १५ तथा सुशिल कँडेलले १२ रन जोड्नु बाहेक अन्यले दोहोरो रन जोड्न सकेनन् ।

त्यसअघि जितेन्द्र मुखीयाले चार विकेट तथा सुसन भारीले तीन विकेट लिएपछि पुलिसको पाली धर्मराएको थियो । ८.१ ओभर बलिङ गरेका जितेन्द्रले दुई मेडन निकाल्दै २८ रन खर्चिएका थिए । नौ ओभर बलिङ गरेका सुसनले चार मेडनसहित १९ रन मात्रै दिएका थिए । त्यस बाहेक सागर पुनले दुई विकेट तथा सोमपाल कामीले एक विकेट लिएका थिए । बर्षाले खेल रोकीनु अघि आर्मीका लागि सुरुवाती ब्याट्सम्यान महेश क्षेत्री चार रन बनाउदै ललित भन्डारीको बलमा आउट भएका थिए । अनिल कुमार मन्डल शुन्य रनमै अबिजित रहे।

यसैगरी प्रतियोगितामा आर्मीका अलराउन्डर सागर पुन प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले एक लाख रुपैयाँ पुरस्कार पाए । पश्चिमाञ्चलका सौरभ खनाल उत्कृष्ट ब्याट्सम्यान तथा आर्मीका सुसन भारी उत्कृष्ट बलर घोषित भए । उत्कृष्ट ब्याट्सम्यान र बलर दुबैले ५०÷५० हजार रुपैयाँ प्राप्त गरे । पश्चिमाञ्चलका बिपिन खत्री उदीयमान खेलाडी घोषित भए । उनले २५ हजार रुपैयाँ हात पारे ।



प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.