बेलायतको संसदीय चुनावमा मतदान सकियो

बेलायतको संसदीय चुनावमा मतदान सकियो

 लन्डन : बेलायतीहरूले बिहीबारको आम चुनावमा देशभरका ४० हजार मतदान केन्द्रमा मतदान गरिरहेका छन् । ४ करोड ६९ लाख बेलायतीले ६ सय ५० जना सांसद निर्वाचित गर्न मतदान गर्दैछन् ।

प्रधानमन्त्री टेरेसा मेले पति फिलिपसँगै बर्कसायरमा पर्ने सोनिङमा मतदान गर्नुभयो । विपक्षी दल लेबरका नेता जेरेमी कोर्बिनले राजधानी लन्डनको उत्तरी भूभागको इस्लिङटनस्थित पेकम्यान विद्यालयमा मतदान गर्नुभयो । मतदान बेलायती समयअनुसार बिहीबार बिहान ७ बजेदेखि राति १० बजेसम्म हुनेछ भने मतदान सकिनासाथ मतगणना सुरु हुनेछ । अधिकांश मतदान केन्द्र विद्यालय र सामुदायिक भवनमा राखिएको छ ।

कैयौं बेलायती यसअघि नै हुलाकबाट मतदान गरिसकेका छन् । यसअघि सन् २०१५ मा भएको निर्वाचनमा ४ करोड ६४ लाख मतदाता थिए भने यसपल्ट करिब ५ लाख मतदाता थपिएका छन् । सन् २०१५ को चुनावमा कुल मतदातामध्ये ६६.४ प्रतिशतले मात्र मतदान गरेका थिए भने कन्जरभेटिभ पार्टीले संसदका ६ सय ५० मध्ये ३ सय ३१ सिट जितेको थियो ।

हालै राजधानी लन्डनमा भएका आतंकवादी आक्रमणपछि भइरहेको चुनावमा कडा सुरक्षा गरिएको छ भने सुरक्षाकर्मीले गस्ती पनि गरिरहेका छन् ।
यसपालीको चुनाव संसदको लागि मात्र भएकाले मतगणनाको नतिजा छिट्टै आउन सक्ने निर्वाचन अधिकारीले बताएका छन् । बिहीबार मध्यरातसम्ममा नै केही क्षेत्रको निर्वाचन परिणाम आइसक्ने अनुमान गरिएको छ । मतगणनाको अन्तिम परिणाम ढिलोमा शुक्रबार दिउँसोसम्म सार्वजनिक भइसक्ने अनुमान छ ।
बेलायतको तल्लो संसद हाउस अफ कमन्सका कुल ६ सय ५० सिटमध्ये सत्तारुढ दल कन्जरभेटिभ पार्टी वा विपक्षी दल लेबर पार्टीले बहुमत ल्याउन ३ सय २६ सिट जित्नुपर्नेछ ।

प्रधानमन्त्री मेको सत्तारुढ दल कन्जरभेटिभ पार्टीले बहुमत जित्ने अनुमान छ । तर पछिल्लो समय विपक्षी नेता जेरेमी कोर्बिनका पक्षमा पनि ठूलो जनमत देखिएको थियो । लन्डनमा भैरहेका आतंकवादी हमलायता सुरक्षा चुस्त राख्न नसकेको भन्दै प्रधानमन्त्री मेको आलोचना भएपछि उहाँको लोकप्रियता पछिल्लो समय खस्केको छ ।बिबिसी/रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.