यसरी भयो भारत श्रीलंकासामु निरीह

यसरी भयो भारत श्रीलंकासामु निरीह

काठमाडौं : इग्ल्याण्डमा जारी आसीसी ट्रफी-२०१७ अन्तर्गत बिहीबार भएको खेलमा भारत श्रीलंकासँग ७ विकेटले पराजित भएको छ । आसीसी ट्रफीलार्इ क्रिकेटको मिनी विश्वकपको रुपमा हेरिन्छ । लण्डनको केनिंटन रंगशालामा भएको खेलमा श्रीलंकाले टस जितेर पहिले वलिङ रोजेको थियो । सुरु देखिनै निकै कसिलो बलिङ गरिरहेका श्रीलंकाका बलरहरुले विकेट लिन भने सकेका थिएनन् । भारतीय टोलीका तर्फबाट ओपनर रोहित शर्मा र शिखर धावनले १३८ रनको साझेदारी गरे । श्रीलंकाले २४.५ ओभरमा बल्ल १ विकेट हात पार्न सफल भयो । मालिंगाको बलमा रोहित शर्मा ७८ रनमा क्याच आउट भए ।

Image result for icc champions trophy 2017 sri lanka vs india

२५.५ ओभरमा कप्तान विराट कोहली शुन्य रनमै आउट भए । उनले पाँच बलको सामना गरेका थिए । १७९ रन बनाउँदा युबराज सिंहको विकेट लिन सफल भएको श्रीलंकाले भारतको स्कोर २६१ रन पुग्दा बल्ल १२५ रन बनाएर खेलिरहेका ओपरनर शिखर धावनको विकेट लियो । त्यसपछि आएका सबै व्याट्सम्यानले आक्रामक व्याटिङ गर्दा भारत निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३२१ रनको ठूलो स्कोर खडा गर्न सफल भयो । श्रीलंकाका लागि लाथिस मालिंगाले २ विकेट लिए भने अन्य चार बलरले एक-एक विकेट लिएका थिए। 

Image result for icc champions trophy 2017 sri lanka vs india

पछिल्ला खेलमा व्याटिङमा निकै कमजोर देखिएको श्रीलंकाली टोलीका लागि ३२१ रनको चुनौती पार गर्नु निकै कठीन थियो । लगभग खेल आफ्नो पक्षमा आउनेमा भारतीय टोली ढुक्क जस्तै देखिन्थ्यो ।

३२२ रनको लक्ष पाएर व्याटिङमा उत्रिएको श्रीलंकाको सुरुवात राम्रो हुन सकेन ४.४ ओभरमा ११ रन बनाउँदा पहिलो विकेट गुमायो १८ बलको सामना गरी ७ रन बनाएका निरुशान आउट भए त्यसपछि भने भारतीय बलर सामु श्रीलंकाका व्याट्स् म्यान हावी भए । ओपरनर दनुस्का गुणथिलका र तेस्रो नम्बरमा व्याटिङ गर्न आएका कुशल मेन्डिस्ले १५९ रनको साझेदारी गर्दै श्रीलंकाली टोलीलाई जिततर्फ अग्रसर गराए । यी दुई व्याट्सम्यानले खेललाई४.४ ओभरमा ११-१ को स्थितिबाट २७.५ ओभरमा १७०-२ को स्थितिमा पुर्‍याए । ओपनर दनुस्का ७६ रन बनाएर आउट भए । त्यसपछि कुशल परेरा व्याटिङमा आए । ३२.४ ओभरमा १९६ रन बनाउँदा कुशल मेन्डिस् ८९ रनमा आउट भए कप्तान एन्जेलो म्याथुज व्याटिङ गर्न आए त्यसपछि भने भारतीय बलरले कुनै विकेट लिन सकेनन् । 

खेलको अन्तिममा ४४ रन बनाएर खेलिरहेका कुशल परेरा घाइते भई मैदान छोडे उनको ठाउँमा असेला गुनारत्ने आए । म्याथुज र गुनारत्नेले आक्रामक व्याटिङ गर्दै ८ बल बाँकी छँदै ४८.४ ओभरमा ३२२ रन बनाई लक्ष्य हासिल गरे । म्याथुज ५२ र गुनारत्ने ३४ रनमा अविजित रही बलियो मानिएको भारतलाई हराउन सफल भए । श्रीलंकाको तीन विकेट लिने क्रममा भुवनेश्वर कुमारले निरोशानको एक विकेट लिए भने दनुक्का र कुशल रन आउट भएका थिए । कुनै बलरले पनि श्रीलंकाको विकेट लिन नसेकेपछि कप्तान विराट कोहली आफैं बलिङमा उत्रिएका थिए । ३ ओभर बलिङ गरेका उनले १७ रन दिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.