मेरो सफलताको पछाडि कोही छैन : प्रियंका

मेरो सफलताको पछाडि कोही छैन : प्रियंका

बलिउडमा अहिले चल्तीकी नायिका हुन्, प्रियंका चोपडा । उनको अभिनय यात्रा बलिउडबाट हलिउडसम्म पुगिसकेको छ । उनी अभिनीत पहिलो हलिउड चलचित्र 'वे वाच' दर्शकमाझ आइसकेको छ । चलचित्रबाट उनले राम्रै प्रतिक्रिया पाएकी छन् । १७ वर्षको कलिलो उमेरमा मिस वल्र्डको ताज चुमेकी प्रियंका सम्भवतः त्यति सानै उमेरमा विश्वविख्यात बन्न सफल हुने थोरै सेलिब्रेटीमा पर्छिन् । तर उनै प्रियंकाले चाहे जस्तो व्यावसायिक सफलता नपाएको झोंकमा एक पटक आत्महत्याको प्रयास गरेकी थिइन् ।

Priyanka-Chopara-(5)प्रियंकाले सन् २००३ देखी बलिउडमा करिअर सुरु गरेकी हुन् । मेहनत बिना केही सम्भव छैन भन्ने उनले साबित गरेकी छन् । कडा मेहनतकै कारण 'ग्लोबन आइकन' बन्न सफल भएकी छन् । यसको श्रेय उनी आफैंलाई दिन्छिन् । 'मेरो सफलताको पछाडि कोही छैन, मेरै मेहनतले सम्भव भएको हो', उनले भनेकी छन्, 'हात्ती लम्किँदै गर्छ, कुकुर भुक्दै गर्छ । गन्तव्यमा पुग्न लगातार मेहनत गरिरहनुपर्छ ।'

बलिउडदेखी हलिउडसम्म नाम कमाउन सजिलो थिएन तर उनले सम्भव बनाइन् । विश्वव्यापी रुपमा ख्याति कमाएकी उनले प्रत्येक अवसरलाई स्वीकार गरेको र आफैंमा विश्वास गरेर अघि बढेको बताएकी छन् । आफ्नो अगाडि आएका अवसरलाई आत्मादेखि स्वीकार गरेमा सफलता कमाइने उनको भनाई छ । अमेरिकी टीभी सिरिज 'क्वान्टिको'मा काम गरेपछि आफुले परम्परागत सोच त्यागेको बताएकी छन् । यही अमेरिकन टीभी सोबाट उनले विश्वव्यापी रूपमा ख्याती कमाएकी हुन् ।

आफू भारतीय परम्परागत सोचबाट बाहिर आउन चाहेको र बलिउडले यस्तो सोच त्याग्नुपर्ने तकै समेत गरेकी छन् । उनी युवाहरूले संसारको जुनै पनि कुनामा गएर आफुहरूले चाहेबमोजिम काम गर्न पाएमात्रै उनीहरू सशक्त हुन्छन् भन्ने विचार राख्छिन् । 'यो गर त्यो नगर भन्नु राम्रो हैन', प्रियंकाले भनेकी छन् ।

एक वेभसाइटले गरेको अध्ययनअनुसार प्रियंका सन् २०१७ को सर्वाधिक सुन्दर महिलामा दोस्रो नम्बरमा पर्न सफल भएकी छन् । ३४ वर्षीया अविवाहित प्रियंकाले अमेरिकी टीभी सो 'क्वान्टिको'को लोकप्रियतापछि अन्तर्राष्ट्रिय सम्मानस्वरूप पिपुल च्वाइस अवार्ड समेत हात पारिसकेकी छन् । सानो छँदा उनी इन्जिनियर बन्न चाहन्थिन् । त्यसपछि क्रिमिनल साइकोलोजिस्ट बन्ने प्रयास गरिन् । तर त्यो चाहना अभिनयमा लागेपछि समाप्त भयो ।

Priyanka-Chopara-(1)

प्रियंकाले सिक्किमेली नेपाली चलचित्र 'पाउ' (पाहुना) बनाउने घोषणा गरेकी छन् । आसाम बोर्डको राजदूतमा चयन भएपछि सिक्किमेली नेपाली चलचित्र बनाउन उनले चासो देखाएकी हुन् । बलिउडमा अभिनयका साथै गायनमा समेत आफुलाई खरो रुपमा उतारेकी उनी जनसम्पर्कमा एकदमै सिपालु मानिन्छिन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.